रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डिएनए नमूना संकलन

सदरलाइन संवाददाता २१ भाद्र २०८३, आईतवार १७:५८
 
समाचार सारांश
Generated Using AI
  • रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको पहिचानका लागि भेरी अस्पतालमा १६ जनाको डिएनए नमूना संकलन गरिएको छ।
  • प्रहरीको सहकार्यमा संकलित नमूना परीक्षणका लागि शनिबार नै काठमाडौं पठाइएको छ।
  • बाढीपछि बाँकेका २९ जना सम्पर्कविहीन भएकामा दुई जनाको शव फेला परेको र २७ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा शनिबार १६ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले जानकारी दिए ।

प्रहरीसँगको सहकार्यमा नमूना संकलनको काम भइरहेको उनले जानकारी दिए । संकलन गरिएका नमूना शनिबार नै काठमाडौं पठाइएको छ ।

बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले जानकारी दिए ।

डिएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका आफन्तहरू रहेको पनि एसपी जिसीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माईती नेपालद्वारा नेपालगञ्जको जमुनाह नाकाबाट एकवर्षमा चार सय ६४ जनाको उद्धार

२१ भाद्र २०८३, आईतवार १७:५८
समाचार सारांश Generated Using AI रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको पहिचानका लागि भेरी अस्पतालमा १६ जनाको डिएनए नमूना संकलन गरिएको छ।प्रहरीको सहकार्यमा संकलित नमूना परीक्षणका लागि शनिबार नै काठमाडौं पठाइएको छ।बाढीपछि बाँकेका २९ जना सम्पर्कविहीन भएकामा दुई जनाको शव फेला परेको र २७ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। […]