समाचार सारांश
- अनेमसंघ केन्द्रीय अध्यक्ष टुका भद्र हमालले महिलाले वडा सदस्य र उपमेयरमा मात्र सीमित नभई वडा अध्यक्ष र मेयरमा समेत उम्मेदवारी दिने आँट गर्नुपर्ने बताएकी छन्।
- महिला अधिकार, सम्पत्तिमा अधिकार, नागरिकता, ३३ प्रतिशत सहभागिता कार्यान्वयन तथा महिला आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न उनले जोड दिइन्।
- अनेमसंघ बाँकेको आठौँ सम्मेलनले माया गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ।

नेपालगञ्ज : एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका भद्र हमालले महिला नेतृहरुले चुनावमा वडा सदस्य र उपमेयर मात्र होइन वडा अध्यक्ष र मेयरमा उठ्ने आँट गर्न सक्नु पर्ने बताएकी छन् ।
उनले अधिकारको लागि महिला संगठीत हुन जरुरी रहेको बताउदै आगामी निर्वाचनमा महिलाले उम्मेदवार बन्ने र जित्ने आँट गर्नु पर्ने र योग्य महिलालाइ पार्टीले हस्तक्षेप नगरीकन टिकट दिनुपर्ने कुरामा जोड दिईन ।
अनेमसंघको बाँकेको आठौ सम्मेलनको उद्घाटन गर्दै महिलाका हक, अधिकार, महिला हिंसा, महिलाको सम्पतिमा अधिकार, नागरिकता, ३३ प्रतिशत सहभागीता कार्यान्वय, महिला आन्दोलनका उपब्धिलाई संस्थागत गर्न जरुरी रहेको उनले बताईन ।
उनले बर्तमान राजनैतिक अवस्थाको चर्चा गर्दै राजनीतिमा युवाको सक्रिय सहभागीता गराउन युवाका सवाल समेट्न जरुरी रहेको बताईन । नेकपा एमाले केद्रीय सदस्य बाँके इन्चार्ज शान्ति ढकालले राजनीतिमा महिला सक्रिय भएर लाग्नु पर्ने बताईन ।
अनेमसंघ केन्द्रीय सचिव तथा अनेमसंघ लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञावलीले पितृसत्तात्मक सोचका कारण महिला अगाडि बढ्न बाधा पुर्यएको बताउदै पितृसत्तात्मक सोच महिला र पुरुष दुबैमा कायम रहेको हुदा यस्को अन्त्य हुनु पर्ने बताईन ।

नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा महिला फाँट इन्चार्ज लीला रानाले महिलाको सहभागीता राजनीतिमा बढाउन जिम्मेवारी र अवसर दिन जरुरुी रहेको बताईन ।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको इतिहास,पार्टी र अनेमसंघको सम्बन्ध,महिलाको भुमिका लगायतका विषयमा प्रकाश पारिन ।
अनेमसंघ बाँके अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रिय सदस्यहरु मो.हारुन हलुवाइ, सुर्य ढकाल, बसन्ती अधिकारी, लेखाआयोग सदस्य विजया धिताल,नेकपा एमाले प्रदेश सदस्य एकमाया वि.क., भगवति बराल, भुमिसरा धिताल, कृष्ण पाठक, हिरा खरेल, अनेमसंघ प्रदेस सदस्यहरु कृष्ण चालिसे,कला भुसाल,जयन्ति खत्री,पाटी सचिव बलराम भट्टराइ,उपसचि किशोर थापा,मोहित शाहा लगायतको उपस्थिति रहेको थियो ।
अखिल नेपाल महिला संघ बाँकेको आठौ सम्मेलनबाट अध्यक्ष माया गौतम, उपाध्यक्षद्धय तारा वली, फुलमाया जैसी, सचिव रिना पौडेल, उपसचिब सीता बिश्वकर्मा, कोषाध्यक्ष बेबी मण्डल लगायत ३५ जनाको नयां कमिटी चयन गरीएको छ ।

