नेपालगञ्जका सडकमा छाडा चौपायाको बिगबिगी

सदरलाइन संवाददाता २ भाद्र २०८३, मंगलवार १८:१०
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जका प्रमुख सडक, चोक तथा बजार क्षेत्रमा छाडा चौपायाको संख्या बढ्दा आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेको छ।
  • समस्या नियन्त्रण गर्न उपमहानगरपालिकाले अभियान चलाएर पछिल्लो १५ दिनमा १५० भन्दा बढी चौपायालाई कान्जिहाउस पुर्‍याएको जनाएको छ।
  • बारम्बार नियन्त्रण अभियान सञ्चालन भए पनि छाडा चौपायाको संख्या घट्न नसक्दा दीर्घकालीन समाधानको चुनौती कायमै रहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
फाईल तस्वीर

नेपालगञ्ज : छाडा चौपायाका कारण नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सडक चोक र बजारमा आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

पछिल्लो समय फेरि धम्बोझी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदरलाइन क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेको पाईएको हो ।

छाडा चौपाया नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्ति पाउन सकिएको छैन ।

यसैगरी, नागरिक अगुवा डा. विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपायाको संख्या बढ्दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताए । उनले समस्या समाधानका लागि धेरैपटक प्रयास गरिए पनि सफलता नमिलेकोमा दुःख व्यक्त गरे ।


नगर क्षेत्रमा फेरि ठुलो संख्यामा छाडा चौपाया देखिन थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तिनलाई नियन्त्रणमा लिएर कान्जिहाउस पु¥याउने अभियान सुरु गरेको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा चौपायाका कारण नगरका विभिन्न स्थानमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियान फेरि सुरु गरिएको बताए ।

उनले पछिल्लो १५ दिनमा मात्रै नगरका विभिन्न स्थानबाट १५० भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर नेपालगञ्ज–२१ मा रहेको कान्जिहाउसमा पु¥याइएको बताए ।

बेलाबेलामा छाडा चौपायालाई सहरबाहिर रहेको कान्जिहाउसमा लगेर राख्दै आए पनि बजारमा छाडा चौपायाको संख्या घट्न नसकेकाले चिन्ता बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका मुस्लिम अगुवाको पहल : मोहम्मद जयन्तीमा ‘डिजे’ प्रयोग नगर्ने

२ भाद्र २०८३, मंगलवार १८:१०
समाचार सारांश Generated Using AI नेपालगञ्जका प्रमुख सडक, चोक तथा बजार क्षेत्रमा छाडा चौपायाको संख्या बढ्दा आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेको छ।समस्या नियन्त्रण गर्न उपमहानगरपालिकाले अभियान चलाएर पछिल्लो १५ दिनमा १५० भन्दा बढी चौपायालाई कान्जिहाउस पुर्‍याएको जनाएको छ।बारम्बार नियन्त्रण अभियान सञ्चालन भए पनि छाडा चौपायाको संख्या घट्न नसक्दा दीर्घकालीन […]