बर्दियाको मधुवनको थनौरागाउँमा हात्ती रोक्न विद्युतीय तार

सदरलाइन संवाददाता ४ भाद्र २०८३, बिहीबार १९:४१
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाको मधुवन–३ थनौरागाउँमा जङ्गली हात्तीको प्रवेश रोक्न विद्युतीय तारबार निर्माण सुरु गरिएको छ।
  • उज्यालो नेपालको सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय र स्थानीयवासीको श्रमदानमा पहिलो चरणमा करिब १,५०० मिटर तारबार जडान गरिँदैछ।
  • खाता जैविकमार्ग हुँदै आउने हात्तीबाट हुने खेतीबाली तथा घरगोठको क्षति घटाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया :  बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु–याउन थालेपछि गाउँ सुरक्षित बनाउन विद्युतीय तारबार जडान गर्न थालिएको छ ।

नेपाल–भारत सीमाक्षेत्र रहेको थनौरागाउँमा हात्तीको प्रवेश रोक्न उज्यालो नेपालको आर्थिक सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा स्थानीयवासीको श्रमदानमा तारबार निर्माण भइरहेको हो । पहिलो चरणमा करिब एक हजार पाँच सय मिटर विद्युतीय तार जडान गरिने जनाइएको छ ।

भारतको कर्तनिया वन्यजन्तु आरक्षसँग जोडिएको खाता जैविकमार्ग हुँदै बर्सेनी जङ्गली हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । हात्तीले थनौरा क्षेत्रमा स्थानीयले लगाएको धान, मकैलगायतका अन्नबाली नष्ट गर्नुका साथै घर तथा गोठमा समेत क्षति पु–याउने गरेका छन् ।

हात्तीको आवतजावतका कारण स्थानीयवासी त्रसित भएको स्थानीय प्रकाश चौधरीले बताए । उनले हात्तीका कारण प्रत्येक वर्ष खेतीबालीमा क्षति हुने गरेको बताए ।


विद्युतीय तारबार निर्माण भएपछि गाउँमा हात्तीको प्रवेश केही हदसम्म नियन्त्रण हुने अपेक्षा गरिएको उनको भनाई छ । “बर्सौंदेखि हात्तीका कारण खेतीबालीमा क्षति हुँदै आएको छ,” उनले भने “तारबारले हात्तीको आवतजावत घट्ने र स्थानीयलाई केही राहत मिल्ने आशा छ ।”

वनक्षेत्रको सीमामा तारबार निर्माण भएपछि हात्ती बस्तीमा पस्न खोज्दा विद्युतीय झट्का लाग्ने भएकाले हात्तीलाई फर्काउन सहयोग पुग्ने छ ।

उज्यालो नेपालले आवश्यक तार तथा ब्याट्री उपलब्ध गराएपछि स्थानीयवासीले श्रमदानमार्फत तारबार जडान गरिरहेका छन् । संस्थाको ‘हात्ती मेरो साथी’ अभियान अन्तर्गत वन्यजन्तु र मानवबिच द्वन्द्व न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुँदै आएको अभियानका अभियन्ता रमेश थापाले बताए ।

खाता कोरिडोर बर्दिया राष्ट्रिय निकुञ्ज र भारततर्फको वनक्षेत्र जोड्ने महत्त्वपूर्ण जैविकमार्गका रूपमा रहेको छ । वन्यजन्तुको प्राकृतिक आवागमनलाई कायम राख्दै बस्ती तथा खेतीबाली जोगाउने उपायका रूपमा विद्युतीय तारबारलाई प्रयोग गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबरुद्ध रहेको नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भाद्र २०८३, बिहीबार १९:४१
समाचार सारांश Generated Using AI बर्दियाको मधुवन–३ थनौरागाउँमा जङ्गली हात्तीको प्रवेश रोक्न विद्युतीय तारबार निर्माण सुरु गरिएको छ।उज्यालो नेपालको सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय र स्थानीयवासीको श्रमदानमा पहिलो चरणमा करिब १,५०० मिटर तारबार जडान गरिँदैछ।खाता जैविकमार्ग हुँदै आउने हात्तीबाट हुने खेतीबाली तथा घरगोठको क्षति घटाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने अपेक्षा […]