२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

तुलसी होलिडेज टुर्स एण्ड ट्राभलमार्फत करिव ३ हजार भरतीय पर्यटक नेपाल भित्रिए



नेपालगञ्ज : नेपालको पर्यटन प्रवद्र्धनमा अग्रसर तुलसी होलिडेज टुर्स एण्ड ट्राभल प्रालिले स्थापनाको छोटो समयमा पनि करिव ३ हजार भारतीइ पर्यटकलाई नेपालका विभिन्न पर्यटकिय स्थलहरुमा पुराउन सफल भएको छ ।

गतवर्ष मात्र स्थाना भएको तुलसी होलिडेज मार्फत २ हजार ८ सय ७५ भन्दा बढी भारतीय पर्यटकलाई नेपालको विभन्नि क्षेत्रको भ्रमण गरेको तुलसी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदीले जानकारी दिए ।

उनले हजारौं यात्रुहरूको विश्वास र रोजाइ बनेको तुलसी होलिडेजले सुरक्षित, भरपर्दो र गुणस्तरीय यात्रा सेवामार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको बताए । उनीहरुकोअधिकांशको रोजाई पोखरा मुक्तिनाथ, पशुपतिनाथलगायतको धार्मिक तथा पर्यटकिय स्थल घुम्न रुचाउने गरेको बताए ।

प्रबन्ध निर्देशक सुवेदीले तुलसी होलिडेजले आफ्नो स्थापनाको छोटो समयमा पनि नेपाल भ्रमणका लागि होस् वा विश्वका आकर्षक गन्तव्यहरूको यात्राका लागि ढुक्कसँग तुलसी होलिडेज मार्फत पर्यटकले रोज्नसक्ने गरि आफ्नो छवी र विश्वासको यात्रा, अविस्मरणीय अनुभव संगालेर सेवामा तत्पर रहेको बताए ।  

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार
ताजा समाचार