समाचार सारांश
- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
- १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।
- तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने फोनले दुर्गम क्षेत्रमा उद्धार तथा विपद् व्यवस्थापनका लागि सञ्चार सम्पर्क प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।
उपलब्ध गराइएका कुल फोनहरू मध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ ।
टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ । यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।


