लुम्बिनीमा थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

सदरलाइन संवाददाता २१ असार २०८३, आईतवार १९:५९
 
समाचार सारांश
Generated Using AI
  • लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।
  • सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पेश गरेको प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएपछि विधेयक समितिमा गएको हो।
  • अब समितिले विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गरेपछि विधेयक पुनः प्रदेश सभामा पेश भएर पारित प्रक्रियामा अघि बढ्नेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दाङ : लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।


मन्त्री तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गरिने छ । सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो ।

अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रियाअघि बढाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टाद्वारा १३ किलोमिटर शाखानहर निर्माणसंगै १ हजार हेक्टरबढीमा सिचाईको पानी पुराईयो

२१ असार २०८३, आईतवार १९:५९
समाचार सारांश Generated Using AI लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पेश गरेको प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएपछि विधेयक समितिमा गएको हो।अब समितिले विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गरेपछि विधेयक पुनः प्रदेश सभामा […]

सम्बन्धित