सडक नाटकमार्फत सामाजिक परिवर्तनको अभियानमा बर्दियाका युवा

सदरलाइन संवाददाता २५ जेष्ठ २०८३, सोमबार १९:४८
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाको ठाकुरद्वारामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा २२ जना युवा एम्बेसडरका लागि तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ।
  • तालिममा मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा, बाल संरक्षण र सुरक्षित आप्रवासनजस्ता विषयमा जनचेतना फैलाउन अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी सीप विकास गराइएको थियो।
  • सहभागीहरूले चेतनामूलक सडक नाटक प्रस्तुत गर्दै सामाजिक परिवर्तनका लागि कला र सिर्जनशीलतालाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया  : सामाजिक विकृति तथा विसंगतिविरुद्ध जनचेतना फैलाउन बर्दियाका युवाहरू सडक नाटकलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न अग्रसर भएका छन् । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

तालिममा २२ जना युवा एम्बेसडरहरूको सक्रिय सहभागिता रहेको थियो । युवाहरूको अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी क्षमता अभिवृद्धि गर्दै मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण तथा सुरक्षित आप्रवासनजस्ता विषयमा समुदायस्तरमा प्रभावकारी जनचेतना फैलाउने उद्देश्यले तालिम आयोजना गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

तालिमको सहजीकरण चर्चित गायक, रंगकर्मी तथा सप्तरंगी मञ्चका अध्यक्ष विष्णु थापा सरगमले गरेका थिए । उनले अभिनय कला केवल मनोरञ्जनको माध्यम नभई सामाजिक परिवर्तनको शक्तिशाली साधन भएको बताउँदै सहभागीहरूलाई रंगमञ्चीय अभिव्यक्ति, संवाद कला, प्रस्तुतीकरण शैली तथा दर्शकसँग प्रभावकारी रूपमा जोडिने तरिकाबारे प्रशिक्षण दिए ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले अन्तरक्रियात्मक सिकाइ, समूहगत छलफल, भूमिकानिर्वाह तथा व्यावहारिक अभ्यासमार्फत सडक नाटकको अवधारणा र प्रयोगबारे गहिरो ज्ञान हासिल गरेका थिए । विशेषगरी मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा तथा बाल संरक्षणसँग सम्बन्धित विषयमा आधारित चेतनामूलक नाटक तयार गरी प्रस्तुति समेत दिएका थिए ।

सहभागीहरूले तयार पारेका नाटकहरूमा समाजमा विद्यमान विभिन्न समस्याका कारण, प्रभाव र समाधानका उपायहरूलाई सशक्त ढंगले प्रस्तुत गरिएको थियो । नाटकमार्फत जनचेतना फैलाउने अभ्यासले युवाहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास हुनुका साथै नेतृत्व क्षमता, सिर्जनशीलता, आत्मविश्वास तथा सार्वजनिक रूपमा बोल्ने सीपमा समेत वृद्धि भएको आयोजकले जनाएको छ ।


कार्यक्रमको समापन समारोहमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएको उल्लेख गरे ।

उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समुदायमा सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्न आग्रह गर्दै मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा लगायतका सामाजिक विकृतिविरुद्ध युवाहरूले अग्रसर भूमिका खेल्नुपर्ने बताए ।

त्यसैगरी क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले सामाजिक न्याय, समानता र दिगो विकासको लक्ष्य हासिल गर्न युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखिन । उनले समुदायमा सचेतना अभिवृद्धि गर्ने अभियानमा युवाहरूलाई निरन्तर सक्रिय रहन आग्रह गरिन ।

तालिममा सहभागी युवा एम्बेसडरहरूले सडक नाटकलाई समुदायमा जनचेतना फैलाउने, सामाजिक मुद्दामा बहस सिर्जना गर्ने तथा वकालत अभियान सञ्चालन गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनमा विद्यालय, समुदाय तथा सार्वजनिक स्थलहरूमा चेतनामूलक नाटक प्रदर्शन गरी सामाजिक सन्देश प्रवाह गर्ने योजना समेत बनाएका छन् ।

बाँके युनेस्को क्लबका अनुसार युवाहरूलाई सीप, अवसर र नेतृत्व प्रदान गर्दै सुरक्षित, समावेशी तथा सचेत समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । संस्थाले यस प्रकारका तालिमले युवाहरूको सिर्जनात्मक क्षमता विकास गर्नुका साथै सामाजिक परिवर्तनका लागि उनीहरूलाई जिम्मेवार र सक्रिय नागरिकका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सामाजिक समस्याका विषयमा समुदायलाई प्रत्यक्ष रूपमा सन्देश दिन सकिने भएकाले सडक नाटक प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित हुँदै गएको छ । बर्दियामा सम्पन्न यो तालिमले पनि युवाहरूलाई कला र सिर्जनशीलताको माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुर्व्यसनविरुद्ध अभियानमूलक सचेतना

२५ जेष्ठ २०८३, सोमबार १९:४८
समाचार सारांश Generated Using AI बर्दियाको ठाकुरद्वारामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा २२ जना युवा एम्बेसडरका लागि तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ।तालिममा मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा, बाल संरक्षण र सुरक्षित आप्रवासनजस्ता विषयमा जनचेतना फैलाउन अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी सीप विकास […]