समाचार सारांश
- भारतको कलकत्तामा हिन्दी पत्रकारिताको २ सय वर्ष पूरा भएको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालसहित विभिन्न देशका पत्रकार, साहित्यकार र शिक्षाविद्हरू सहभागी भएका छन्।
- कार्यक्रममा नेपाल–भारतबीचको पत्रकारिता, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।
- सो अवसरमा नेपालका पत्रकार रुद्रप्रसाद सुबेदीसहित ५१ जना पत्रकार, शिक्षाविद् र समाजसेवीलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

कलकत्ता (भारत) : भारतको कलकत्तामा वैशाली इंटरनेशनल विद्यापीठ एवं मानवाधिकार टुडेको संयुक्त आयोजनामा हिंदी पत्रकारिताको गौरवशाली २ सय वर्ष पुगेको अवसरमा कवि सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा भारत एवं नेपालसहित विभिन्न देश र भारतका अन्य राज्यबाट आएका प्रतिष्ठित पत्रकार, साहित्यकारं, शिक्षाविद तथा सामाजिक कार्यकर्ता सहभागिता रहेका थिए ।
कार्यक्रमका मुख्य अतिथि सिक्किमका पाक्योंग स्थित विश्वविद्यालयका कुलपति प्रो. मोहन रहेका थिए । उनले आफ्नो संबोधनमा हिंदी पत्रकारिताको गौरवशाली परंपरा, लोकतांत्रिक मूल्यको रक्षा तथा सामाजिक जागरूकतामां पत्रकारको भूमिकामाथी प्रकास पारे ।
विशिष्ट अतिथि बीके त्रिपाठी, चीफ विजिलेंस ऑफिसरले पत्रकारितामा नैतिक मूल्य, पारदर्शिता र सामाजिक उत्तरदायित्वको आवश्यकता माथी आफनो विचार राखेका थिए ।
कार्यक्रममा सार्क जर्नालिष्ठ फोरम नेपाल च्याप्टरका लिडर पत्रकार रुद्रप्रसाद सुबेदी, मोहम्मद सद्दाब विशेष उपस्थिती रहेको थियो । उनीहरुले नेपाल– भारतको सांस्कृतिक, साहित्यिक एवं पत्रकारिता संम्बन्धको अझ मजबुत बनाउन जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता मानवाधिकार टुडेका संपादक एवं वैशाली इंटरनेशनल विद्यापीठका संस्थापक डा. शशि भूषण कुमारले गरेका थिए । उनले हिंदी पत्रकारिताको दई सयवर्षकों गौरवशाली यात्राको स्मरण गदै पत्रकार, साहित्यकार र शिक्षाविदहरुले गरेको योगदानको सराहना गर्दै समाज निर्माणमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रमको सफल संयोजन एवं संचालन वैशाली इंटरनेशनल विद्यापीठकी डिप्टी डायरेक्टर डा उर्वशी श्रीवास्तवले गरेकी थिईन ।
विशेष सम्मान समारोह
सो अवसरमा संस्थाद्वारा देश–विदेशबाट आएको ५१ प्रतिष्ठित पत्रकारं, शिक्षाविद, साहित्यकार एवं समाजसेवीलाई “तेज प्रताप चौहान अंतर्राष्ट्रीय पत्रकारिता सम्मान २०२६ ’’ एवं “पद्म भूषण राहुल सांकृत्यायन विद्या विरासत सम्मान २०२६’’ बाट सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा प्रो. मोहन (कुलपति, सिक्किम), प्रो. शैलजा (दिल्ली विश्वविद्यालय), प्रो. राकेश कुमार सिंह (दिल्ली विश्वविद्यालय), डॉ. सत्या उपाध्याय (प्राचार्या, कोलकाता गल्र्स हिन्दी कॉलेज), डॉ. विभा कुमारी (ललित नारायण मिथिला विश्वविद्यालय, दरभंगा),रुद्र प्रसाद सुबेदी नेपाल, डॉ. रेशमी पांडा मुखर्जी, डॉ. सुचेतना डे, डॉ. शिप्रा मिश्रा, एस.एन. चौरसिया, प्रदीप कुमार धानुक, देश कुमार त्रिपाठी, परवेजÞ अख्तर, विशन सिखवाल, तारक नाथ राय, अरुण कुमार गुप्ता, राजेश गुप्ता, सैयद इरफान शेर, शिवेंद्र बहादुर भंडारी, सोम बहादुर गुरूंग, गिरीश चंद्र गुप्ता (नेपाल), अम्बर बहादुर, मोहम्मद सद्दाब, ओवैस असलम, ओवैल असलम, मोहम्मद असगर कमाल, आदिल परवेज, डॉक्टर सुजाता लगायतका रहेका थिए ।
नेपालका पत्रकारहरुको प्रतिनिधिमंडलमा रुद्र प्रसाद सुबेदी, अजमत अली सिद्दीकी, युवराज पाण्डेय, गिरीश गुप्ता, अमर खड़का, सोम बहादुर गुरूंग तथा शिवेन्द्र बहादुर भंडारी, मो सदाव र अरुण कलवार रहेका थिए ।


