कान्तविजोक हुलाकी राजमार्ग अन्तर्गत खजुराखण्डको मुहार फेरिँदै

सदरलाइन संवाददाता ११ असार २०८३, बिहीबार १९:०६
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको खजुरा र बर्दियाको गुलरिया खण्डमा हुलाकी राजमार्गको स्तरोन्नति अन्तर्गत कालोपत्रे कार्य तीव्र रूपमा अघि बढेको छ, जसले वर्षौंदेखिको यात्रुको सास्ती अन्त्य गर्ने अपेक्षा गरिएको छ।
  • २०७४ सालदेखि अलपत्र परेको सडकको ठेक्का खारेज भएपछि हुलाकी राजमार्ग निर्देशनालयले नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाएको हो।
  • खजुरा बजारस्थित पेडारी नालाको नयाँ पुल निर्माण पनि अन्तिम चरणमा पुगेको छ, जसले हुलाकी राजमार्गको यात्रा अझ सहज र सुरक्षित बनाउनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
                                                                                                                                                                           फाईल फोटो

 

खजुरा : कन्तबिजोग अवस्थामा छाडिएको हुलाकी राजमार्ग अन्तर्गतको बाँकेको खजुराखण्डको अबभने मुहार फेरिने भएको छ ।

हुलाकी सडक निर्देशनालयको नेपालगञ्ज योजना कार्यालयबाट खजुराखण्डको २ किलोमिटर र गुलरियाखण्डको २ दशमलव २३४ मिटर सडक स्तरउन्नतीका लागि ठेक्कापाएको निर्माण व्यवसायीले धमाधम कालोपत्रे गर्न सुरु गरेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट ठेक्का पाएको कुल १ हजार ८ सय मिटर सडकमा अहिले धमाधम अक्सफाल्ड प्रबिधिबाट कालोपत्रे भइरहेको योजना कार्यालयका साईड इन्जिनियर अनिल गिरीले बताए । सो सडक निर्माण व्यवसायी मैटहवा–एनएटी–स्टेटलाईट जेभीले ७ करोड १ हजार ६९ रुपैयाँमा ठेक्का पाएको थियो ।

फोरलेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बीचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ९ वर्षदेखि सास्ती खेप्न बाध्य रहेका थिए ।

सडकको स्तरउन्नती अन्तर्गत कालोपत्रे गर्न थालिएसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने भएका छन् । सो सडकको २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।


ठेकेदारको कम्पनीको चरम लापरवाहीका बाबजुद सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि योजना सम्पन्न नगर्ने र गरेका काम पनि गुणस्तरहिन भएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । स्थानीयको लगातारको बिरोध र ठेकेदारको लापरवाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।

सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल निर्माण कार्य केही दिनमा सम्पन्न हुने चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।

नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यसैगरी पुलको दुवैतर्फ २०० मिटर एप्रोच सडकको कालोपत्रे बाहेकको काम सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर सैनिकको मृत्यु, सहसेनानी घाइते

११ असार २०८३, बिहीबार १९:०६
समाचार सारांश Generated Using AI बाँकेको खजुरा र बर्दियाको गुलरिया खण्डमा हुलाकी राजमार्गको स्तरोन्नति अन्तर्गत कालोपत्रे कार्य तीव्र रूपमा अघि बढेको छ, जसले वर्षौंदेखिको यात्रुको सास्ती अन्त्य गर्ने अपेक्षा गरिएको छ।२०७४ सालदेखि अलपत्र परेको सडकको ठेक्का खारेज भएपछि हुलाकी राजमार्ग निर्देशनालयले नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाएको हो।खजुरा बजारस्थित पेडारी […]

सम्बन्धित