सडक नाटक मार्फत मधुवन नगरपालिकामा मानव बेचबिखनविरुद्ध जनचेतना फैलाईदै

सदरलाइन संवाददाता ३१ जेष्ठ २०८३, आईतवार १९:४३
 
समाचार सारांश
Generated Using AI
  • प्लान इन्टरनेशनल नेपालको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले बर्दियाको शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
  • सडक नाटकमार्फत विद्यार्थी तथा समुदायलाई बेचबिखनका जोखिम, प्रलोभन, सुरक्षित आप्रवासन र सामूहिक सुरक्षाको महत्वबारे सचेत गराइएको थियो।
  • कार्यक्रममा स्थानीय सरकार, विद्यालय र समुदायका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथाम तथा बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया  : प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो ।

नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बालबालिका शाखाका प्रमुखहरू नारायणप्रसाद खनाल र इन्दिरा चुनारा, नगर प्रवक्ता नेक बहादुर गुरुंग, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गरेका थिए । कार्यक्रममा सडक नाटकमार्फत मानव बेचबिखनमा प्रयोग हुने प्रलोभन र युक्तिहरू पहिचान गर्ने, सुरक्षित आप्रवासनका अभ्यास अपनाउने, निर्णय गर्नुअघि जानकारीको सत्यता पुष्टि गर्ने तथा बालबालिका र जोखिममा रहेका समुदायको सुरक्षामा अभिभावक, शिक्षक, समुदाय र स्थानीय संस्थाहरूको सामूहिक जिम्मेवारीबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको परियोजना प्रमुख बिकले बताए ।


नाटकपछि आयोजित छलफलमा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण प्रतिक्रियाले सिर्जनात्मक माध्यममार्फत सामाजिक मुद्दामा सचेतना फैलाउने अभियान प्रभावकारी भएको देखिएको आयोजकले जनाएको छ । सहभागीहरूले बेचबिखन तथा शोषणका सम्भावित जोखिम पहिचान गर्ने र समयमै रोकथामका उपाय अपनाउनेबारे उपयोगी जानकारी प्राप्त गरेका थिए ।

समापन सत्रमा शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनालले सडक नाटकलाई जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनका लागि प्रभावकारी माध्यम भएको बताउँदै यसको प्रशंसा गर्नुभयो । उहाँले मधुवन नगरपालिकाका सबै विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा स्थानीय सरकार, विद्यालय र समुदायका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथामकालागि संयुक्त रूपमा काम गर्ने तथा प्रत्येक बालबालिकालाई सुरक्षित, संरक्षणमुखी र अवसरयुक्त वातावरणमा हुर्कने सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।

“समुदाय एकजुट हुँदा सचेतना कार्यमा रूपान्तरण हुन्छ । हरेक बालबालिकालाई सुरक्षित, सशक्त र शोषणमुक्त भविष्य प्रदान गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको दुईपालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

३१ जेष्ठ २०८३, आईतवार १९:४३
समाचार सारांश Generated Using AI प्लान इन्टरनेशनल नेपालको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले बर्दियाको शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।सडक नाटकमार्फत विद्यार्थी तथा समुदायलाई बेचबिखनका जोखिम, प्रलोभन, सुरक्षित आप्रवासन र सामूहिक सुरक्षाको महत्वबारे सचेत गराइएको थियो।कार्यक्रममा स्थानीय सरकार, […]

सम्बन्धित