समाचार सारांश
- नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ को फाइनल समीकरण पूरा भएको छ।
- महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब उपाधिका लागि भिड्ने भएका छन्।
- फाइनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले जनाएको छ।

नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता– २०८३ को फाईनल समीकरण पुरा भएको छ ।
महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुष तर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब फाईनलमा प्रवेश गरेका छन ।

महिलातर्फ त्रिभुवन चोक क्लबले लीग चरणमा २ जीत र २ हारसहित ६ अंक र बाँके गाउँ क्लबले ३ खेलमा अपराजित रहदै ९ अंक प्राप्त गरी फाईनलमा प्रवेश गरेका हुन ।
त्यस्तै पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लबले लीग चरणमा १ हार र २ जीतसंगै समान ७÷७ अंक हासिल गर्दै फाईनलमा प्रवेश गरेका हुन ।
फाईनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले जनाएको छ । नेपालगञ्ज उप– महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको हो । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ ।


