यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समावेशीकरणको प्रतिनिधित्व गराउन माग

सदरलाइन संवाददाता ६ असार २०८३, शनिबार १५:५२
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राज्यका सबै तहमा समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
  • अधिकारकर्मीहरूले संविधानले दिएको अधिकार कार्यान्वयनमा कठिनाइ तथा रोजगारी र अवसरमा विभेद भइरहेको बताएका छन्।
  • समुदायको सामाजिक समावेशीकरण, अधिकार संरक्षण र राजनीतिक सहभागिता बढाउन जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : राज्यको हरेक तहमा अन्य सरह यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व गराईनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन ।

समनता सम्मान रसमावेशी समाज निर्माणमा सबैको साथ भन्ने मूल एजेन्डाका साथ समावेशी मञ्च नेपालको आयोजनामा भएको कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी डिलु बुद्धुज पुनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संविधानमा उल्लेख भएको नैसर्गिक अधिकार पनि पाउन कठिन भएको बताए ।


उनले समाजमा त आफुहरु माथि बिभेद भएकै छ तर राज्यले पनि आफुहरु माथि रोजगारी, अवसर,लगायतका कुरामा समेत विभेद गरेको दाबी गरे ।

उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समुदायमा सामाजिक समावेशिकारण र राजनीतिक प्रतिनिधित्वका लागि जनचेतनामुलक आवाज उठाईरहनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक आधिकारकर्मी परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका प्रकार, उनीहरुका समस्या र समाधनको सुझवका बोरमा प्रस्तुती गरेकी थिईन ।

One thought on “यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समावेशीकरणको प्रतिनिधित्व गराउन माग

  1. राज्यले अपहेलना गरेका यौनीक तथा लैगिक अल्पसंख्यक हरुको मुद्दा  हरुलाई media ले सधै नागरिकको सामु ल्यानुपर्छ देखाई दिनु पर्छ । Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नर्वेमा नेपालगञ्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

६ असार २०८३, शनिबार १५:५२
समाचार सारांश Generated Using AI नेपालगञ्जमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राज्यका सबै तहमा समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।अधिकारकर्मीहरूले संविधानले दिएको अधिकार कार्यान्वयनमा कठिनाइ तथा रोजगारी र अवसरमा विभेद भइरहेको बताएका छन्।समुदायको सामाजिक समावेशीकरण, अधिकार संरक्षण र राजनीतिक सहभागिता बढाउन जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिइएको […]