एमाले सचिवालय बैठक निर्णय : पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने

सदरलाइन संवाददाता ४ जेष्ठ २०८३, सोमबार १८:५७
 
समाचार सारांश
Generated Using AI
  • नेकपा (एमाले) सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ।
  • अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यता नवीकरण, कार्यविभाजन, सरकारको कामको समीक्षा र संविधान संशोधन सुझाव कार्यदल गठनलगायत १० एजेन्डा प्रस्तुत गरिएका छन्।
  • अन्य विषयमा थप छलफल तथा निर्णय गर्न एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते गुण्डुमा बस्ने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
                                                                                                                                   फाईल फोटो

नेपालगञ्ज : नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए ।

उनले भने, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिलाई सदस्यता दिने निर्णय भएको छ ।” उनले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने पनि जानकारी दिए ।

आजको बैठकमा महासचिव शङ्कर पोखरेलले विभिन्न दस वटा एजेन्डा प्रस्तुत गरेका छन् । उनका अनुसार आजको बैठकमा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका काम र क्रियाकलापका सन्दर्भ, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल गठनका एजेन्डा प्रस्तुत भएका छन् ।


यसैगरी, निर्वाचनको समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागको कामलाई तत्काल अघि बढाउनुपर्ने लगायतका विषयमा उठेका छन् । यी विषयमा एमालेको अर्को सचिवालय बैठकले छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण शिबिर सम्पन्न

४ जेष्ठ २०८३, सोमबार १८:५७
समाचार सारांश Generated Using AI नेकपा (एमाले) सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ।अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यता नवीकरण, कार्यविभाजन, सरकारको कामको समीक्षा र संविधान संशोधन सुझाव कार्यदल गठनलगायत १० एजेन्डा प्रस्तुत गरिएका छन्।अन्य विषयमा थप छलफल तथा निर्णय गर्न एमाले सचिवालयको […]