राष्ट्रिय मानवअधिकार आयोगको २६ औ वार्षिकोत्सव मनाईयो

सदरलाइन संवाददाता १३ जेष्ठ २०८३, बुधबार १६:१५
 

नेपालगञ्ज : मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैँ चनाखो र सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा बुधबार नेपालगञ्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।


सो कार्याक्रमका वक्ताहरुले राष्ट्रिय मानव आधिकार आयोगले गतभदौ २३ र २४ गते भएको घटनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै मानव आधिकार उलंघनका घटनाहरुमा आयोगले चनाखो भएर काम गर्नु पर्न सुझाव दिएका छन् ।

आयोगका नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ग, प्रहरी प्रमुख अंगुर जिसि, लगायतले राष्ट्रिय मानव आधिकार आयोगले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा जोडदिन सुभाव दिएका थिए ।

आयोगका नेपालगञ्ज कार्यालयमा द्वन्द्वकालिन उजुरी ४ सय वटा बाँकी रहेको र चालु आर्थिक वर्षमा ३४ वटा उजुरी परेको नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

१३ जेष्ठ २०८३, बुधबार १६:१५
दाङ : लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३–०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका […]