समाचार सारांश
- बाँकेको कोहलपुरस्थित तक्षशिला एकेडेमीले यसवर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ ।
- विद्यालयबाट सहभागी ४२ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा १८ जनाले ए प्लस, १८ जनाले ए र ६ जनाले बी प्लस ग्रेड ल्याएका छन् ।
- विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्वासेले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र आधुनिक पूर्वाधारका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताएका छन् ।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको छ ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएको जानकारी दिएको छ । विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्वासेले प्रशासनले विद्यार्थीको मेहनत, अनुशासन र शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरे ।
उनले विद्यालयले समयानुकुल डिजिटल बोर्ड, बातानुकलित कक्षाकोठा, पौडि पोखरी, बास्केट बलकोर्ट, फुटसल कोर्ट लगायतको भौतिक पूर्वाधारसहित आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयले सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरणा समेत दिएको छ ।
बिद्यालयबाट यसपटक एसईई परीक्षामा ४२ जना सहभागी भएको मध्ये एप्लस १८ जना ए १८ जना र बि प्लस ६ जना विद्यार्थी उतीर्ण भएका छन ।


