नेपालगञ्जमा जेनजी सहिदको शालिक अनावरण

सदरलाइन संवाददाता १८ बैशाख २०८३, शुक्रबार १४:३७
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–१ मा जेनजी आन्दोलनका सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको सम्झनामा वाटरपार्कमा सालिक अनावरण गरिएको छ।
  • सालिकसँगै योग तथा खोप केन्द्र र खुला व्यायामशाला समेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
  • कार्यक्रममा परिवारजन र जनप्रतिनिधिको सहभागितामा सहिदको योगदानलाई स्मरण गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले वडाको वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।

स्थानीयबासिन्दा समेत रहेका जेनजी सहिदहरु इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले सहिदको अर्धकदको सालिक निर्माण गरि अनावरण गरेको हो ।


सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा,नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र वडा अध्यक्ष प्रमोद रिजाल लगायतले सालिकको अनावरण गरेका हुन ।

सुलभ र आयुषले गत भदौमा भएको जेनजी आन्दोलनकोक्रममा काठमाडौँमा सुरक्षाकर्मीको गोली लागेर शाहदत प्राप्त गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रिजालले सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र सहिद आयुष थापा स्मृति योग तथा खोप केन्द्र भवन र खुला व्ययामशाला समेत निर्माण गरि उदघाटन गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *