खजुरामा विद्यार्थी नभएपछि विद्यालय समायोजन गरिए

सदरलाइन संवाददाता २४ बैशाख २०८३, बिहीबार १९:२६
 

खजुरा (बाँके) :  विद्यार्थी संख्या न्यून हुँदै गएपछि बाँकेको खजुरा गाउँपालिकाले विद्यालय समायोजन नीति लागू गर्दै हालसम्म तीन विद्यालय अन्य विद्यालयमा गाभेको छ । समायोजनपछि केही विद्यालय भवन प्रयोगविहिन बनेका छन् भने कतिपय संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।

खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार खजुरा–३ स्थित शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन भएपछि त्यहाँ गाउँपालिकाको कार्यालय निर्माण गरिएको छ भने खजुरा–२ को भानुदय प्राविको भवन खाली रहेको छ ।

चालु शैक्षिकसत्रदेखि शिव प्रावि नयाँ गुराँसपुर पनि शुक्र माविमा समायोजन गरिएको छ, जसको दुई तले भवन अब प्रयोगविहिन हुने अवस्था देखिएको छ ।


शिक्षा शाखा प्रमुख मल्ल भन्छन–‘एउटा कोठामा वाल विकास सञ्चालन भएपनि अधिकांश भवन प्रयोगविहिन रहेको अवस्था छ ।’

स्थानीय शिक्षकहरूले विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तह र वडा कार्यालयले ठोस योजना बनाउनुपर्ने बताएका छन् ।

बाँकेको खजुरा गाउँपालिका कार्यालयले २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत हालसम्म ३ वटा विद्यालय समायोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौथो कोहलपुर गोल्डकप : नेपाल पुलिस क्लब फाइनल प्रवेश

२४ बैशाख २०८३, बिहीबार १९:२६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा विभागीय टिम नेपाल पुलिस क्लब फाइलनमा प्रवेश गरेको छ । विहीबार कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । निकै […]