समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गर्दै नगर सौन्दर्यकरण, फोहोर तथा इरिक्सा व्यवस्थापनलगायत सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।
- कार्यक्रममा क्रिकेट मैदान निर्माणको स्वीकृति पहल, जेष्ठ नागरिक तथा असहाय व्यक्तिको व्यवस्थापन र अतिक्रमण हटाउने विषयमा पनि प्रतिबद्धता जनाइएको थियो ।
- बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरूले नागरिकका जिज्ञासाको जवाफ दिएका थिए ।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गरेका कामकारवाही बारे दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
बास नेपालको सहजिकरणमा भेरी प्राविधिक शिक्षालयको हलमा सम्पन्न सुनुवाईमा गरिएको थियो । सो कार्यक्रममा सात बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
प्रतिबद्धताहरुमा लाइन्स गेटदेखि राझाँ विमानस्थलसम्म शौन्दर्यकरण गर्ने तथा सडक दायँबायाँ आपांगता मैत्री फुटपात निर्माण गर्ने, नेपालगञ्ज–६ मा क्रिकेट मैदान निर्माण गर्न पालिकाले निर्णय गरि पठाएकोमा हालसम्म स्विकृती प्राप्त नभएकाले असार भित्र पुनः डेलिगेसन गई स्विकृतीको पहल गर्ने, बागेश्वरी मन्दिरको बाहिर तथा नगरका विभिन्न स्थानमा खुल्ला रुपमा बस्ने जेष्ठ नागरिक र असहाय ब्यक्तिहरुको पहिचान गरी ब्यवस्थापनको पहल गर्ने रहेका छन् ।
यसैगरी दोन्द्रा नाला छेउछाउ तथा नगरका विभिन्न स्थानमा भएको जग्गा अतिक्रमण यथासक्य खालीगर्ने, वडा नम्मर ४ स्थित एबिसी स्कुल जाने बाटो छेउमा रहेको खाली जमिनमा फोहोर जम्मा भइरहेको भन्ने गुनासो आएकाले तत्काल अनुगमन गरी सो कार्यमा रोक लगाउने, उपमहानगरभित्र इरिक्सा ब्यवस्थापन चुनौती बन्दै गएकाले तत्काल ब्यवस्थापन गर्ने, नगरका सार्वजनिक स्थान तथा बाटो छेउमा जथाभावि फोहोर फाल्ने नागरिकहरुको सिसि क्यामेरा मार्फत निगरानी गर्न क्यामेरा जडान गर्ने जस्ता प्रतिबद्धता रहेका छन् ।
सुर्खेतरोड मुख्य सडकको सडक पेटि ब्यवस्थापन गर्ने, स्थानीय कृषकहरुको उत्पादनको बजारीकरणका लागि सम्भाब्यता हेरी आवश्यक सहकार्य गर्ने र वडा नम्बर ९ को मालपोत र जिल्ला अदालतको बाटोको निर्माण ब्यवस्थापनका लागि हरसम्भव पहल गर्ने तथा आगामी बर्ष उक्त बाटो निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता गरिएको छ ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।
सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेको सुनुवाईमा खुल्ला छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बम र वडा अध्यक्षहरुले गरेका थिए ।
झण्डै तीन घण्टा चलेको सुनुवाईमा उपमहानगरपालिकाका दुईसय बढी नगरबासिहरुको सहभागिता रहेको बास नेपालका सुचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।


