चौथो कोहलपुर गोल्डकपको उपाधि कोहलपुर रेसिङ्ग साहरा क्लबको पोल्टोमा

सदरलाइन संवाददाता २७ बैशाख २०८३, आईतवार १२:०१
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको कोहलपुरमा भएको चौथो कोहलपुर गोल्डकपको उपाधि कोहलपुर रेसिङ्ग साहारा क्लब ले नेपाल पुलिस क्लब लाई ट्राइबेकरमा हराउँदै जितेको छ ।
  • निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल सडेन डेथसम्म पुगेको थियो, जहाँ कोहलपुरले जित निकाल्यो ।
  • विजेता टोलीले ८ लाख रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लबले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ्ग साहरा क्लबले पाहुना नेपाल प्रहरीको विभागीय टिलाई ट्रईबेकरमा किनारा लगाउदै चुम्न सफल भएको छ ।

खेलको निर्धारित समयमा दुबै टिमका तर्फबाट १–१ गोल गरि बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीबाट नतिजा निकालिएको हो ।

कोहलपुर–२ स्थित फुटबल मैदानमा सम्पन्न फाईनल खेलको सुरू भएको ५ मिनेटमै रेसिङ साहारा क्लबका १८ नम्बर जर्सिका खेलाडि चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका धिरेन्द्र शाहले गोल फर्काउँदै नतिजा बराबर गरेका पुराए ।

९० मिनेटको खेलमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप के.सी. र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए ।


नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच नेपाल पुलिसका संजिव लामा घोषित भए । उनले ट्रफि सहित नगद पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताको बिजेता रेसिङ साहारा क्लबले ट्रफी सहित ८ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी उप–बिजेतामै सिमित भएको नेपाल पुलिस क्लबले ट्रफी सहित ४ लाख नगद पुरस्कार हात पारेको छ ।

प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै कोहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्ती मगरले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन । प्रतियोगिताका बिजेता र उपबिजेतालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले चेक, ट्रफि र मेडल प्रदान गरेका थिए ।

गत बैशाख १९ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएको क्लबा अध्यक्ष चक्र चिमला खत्रीले जानकारी दिए ।

पहिलो पटक प्याराफिटमा बसेर दर्शकहरूले खेलको आनन्द लिएका छन । खेलमा शत्रुधन चौधरी १० हजार नेपाल पुलिस क्लब बेष्ट गोलकिपर, वेष्ड डिफेन्डर चेतन चौधरी, कोहलपुर रेसिङ साहारा क्लब १० हजार, वेष्ट मिड फिल्डर राम वाजी नेपाल पुलिस क्लब १० हजार, वेष्ट फरवार्ड आशिष थारू नेपाल पुलिस क्लब १० हजार, वेष्ट कोच जनक केसी कोहलपुर रेसिङ साहारा क्लब १० हजार, राईजिङ प्लेयर अफ द टुर्नामेन्ट लक्ष्मण राना मगर कोहलपुर रेसिङसाहारा क्लब १० हजार प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाको उच्च प्राथमिकतामा शिक्षा र खेलकुद

२७ बैशाख २०८३, आईतवार १२:०१
समाचार सारांश Generated Using AI बाँकेको कोहलपुरमा भएको चौथो कोहलपुर गोल्डकपको उपाधि कोहलपुर रेसिङ्ग साहारा क्लब ले नेपाल पुलिस क्लब लाई ट्राइबेकरमा हराउँदै जितेको छ ।निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल सडेन डेथसम्म पुगेको थियो, जहाँ कोहलपुरले जित निकाल्यो ।विजेता टोलीले ८ लाख रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लबले […]