बर्दियामा समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन तथा संयुक्त घटना अभ्यास

सदरलाइन संवाददाता २८ बैशाख २०८३, सोमबार १९:१५
 
समाचार सारांश
Generated Using AI
  • Plan International Nepal को सहकार्यमा बर्दियामा १८ दिने समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न गरिएको छ ।
  • तालिममार्फत विपद्को समयमा समुदायबाटै पहिलो उद्धारकर्ता तयार गर्ने उद्देश्य राखिएको आयोजकहरूले बताएका छन् ।
  • सात पालिकाका २५ जना सहभागी रहेको कार्यक्रममा संयुक्त कृत्रिम विपद् घटना अभ्याससमेत गरिएको थियो ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
बर्दिया :  प्लान ईन्टरनशनल नेपालसगको सहकार्यमा बी–गु्रपले जिल्ला तथा स्थानीय विपद समिति बर्दियाको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नंं ३१ गण हेडक्वाटर बर्दियाले समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन तथा संयुक्त घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालयको २०८१ सालको समुदाय विपद स्वयम् सेवक परिचालन सम्बन्धी कार्यविधी अनुसार विपदको उच्च जोखिममा रहेका समुदायमा विपद् प्रतिकार्यको समयमा परिचालन गर्न सकिने स्वयम् सेवक उत्पादनका लागि सशस्त्र प्रहरी बल नेपालले १८ दिनको तालिम पाठ्यक्रम तयार गरे अनुसार उक्त पाठ्यक्रम अनुसार स्वयम् सेवक तयार पारिएको हो ।
बर्दियामा प्लान ईन्टरनशनल नेपालले बी ग्रुपसगको साझेदारीमा सञ्चालन भएको परियोजना प्रयाश–२ अन्तर्गत जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिसँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ हेडक्वाटर बर्दियासँग सहकार्य गरी १८ दिने समुदाय विपद स्वयंसेवक आधारभुत तालिम समापन तथा संयुक्त घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको बि–ग्रूपका कार्यकारी निर्देशक डम्बर सुनारले जानकारी दिए ।
सो आवसरमा प्लान ईन्टरनशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी प्रमुख मिना पराजुलीले यस्ता तालिमले विपदको बेलामा उद्दारका लागि समुदायबाटै पहिलो रेस्पोन्स गर्ने जनशक्ति उत्पादन हुने बताईन ।
जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्यबहादुर विष्टले बर्दिया  विपदका हिसाबले जोखिम युक्त ठाउभएकोले यस्ताखालका तालिमले समुदायलाई उद्दार र जोखिमको बारेमा सचेत बनाउने बताए ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टाराईले विपदसँग जुध्नसक्ने जनशक्ति तालिमबाट उत्पादन हुनु पालिकाको लागि उपयोगी हुने बाताईन  ।
तालिममा सातवटा पालिकाबाट ३÷३ जना र गुलरियाबाट ४ जना गरी जम्मा २५ जना सहभागी थिए । सशस्त्र प्रहरी बल नेपाल नंं ३१ गण हेडक्वटर बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार महतको अध्यक्षता भएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भन्डारी, डिभिजन बन कार्यालय बर्दियाका प्रमुख बिजय राज सुवेदीलगायतको उपस्थिति रहेको थियो । तालिमको समापनसँगै जिल्ला तथा पालिकाका सबै सरोकारवालाको सहभागितामा कृत्रिम घटना नमूना अभ्यास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुक्मिणी स्मृती अक्षय कोषबाट शैक्षिक सहयोग

२८ बैशाख २०८३, सोमबार १९:१५
समाचार सारांश Generated Using AI Plan International Nepal को सहकार्यमा बर्दियामा १८ दिने समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न गरिएको छ ।तालिममार्फत विपद्को समयमा समुदायबाटै पहिलो उद्धारकर्ता तयार गर्ने उद्देश्य राखिएको आयोजकहरूले बताएका छन् ।सात पालिकाका २५ जना सहभागी रहेको कार्यक्रममा संयुक्त कृत्रिम विपद् घटना अभ्याससमेत गरिएको थियो । यो […]