२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

राप्तीसोनारी ७ र डुडुवा १ जोड्ने राप्तीनदी माथि मल्टी स्पान सस्पेन्सन झोलुंगे पुल निर्माण हुदै



नेपालगञ्ज : बाँकेको डुडुवा गाउपालिका र राप्तीसोनारी ७ जोड्ने राप्तीनदीमा वर्षौंदेखि पुल नहुँदा आवागमनमा कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दाका लागि अब खुसीको खबर आएको छ ।

राप्तीसोनारी गाउँपालिका वडानं. ७ का फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका गाउँ तथा डुडुवा गाउँपालिका वडानं. १ का बालुपुरुवा, चौफेरी लगायतका क्षेत्रलाई जोड्ने राप्ती नदीमा पुल नहुँदा डुंगा (नाउ) मार्फत नदी वारपार गर्ने क्रममा ज्यानै गुमाउनुपर्ने पीडादायी अवस्था अब अन्त्य हुने भएको छ ।

नेपाली कांग्रेस बांके क्षेत्र नं १ का सभापति युवा नेता पोषण केसीको बिशेष पहलमा राप्तीसोनारी गाउँपालिका वडा नं. ७ अन्तर्गत फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका गाउँ तथा डुडुवा गाउँपालिका वडा नं. १ का बालुपुरुवा, चौफेरी लगायतका क्षेत्रलाई जोड्ने गरी राप्ती नदीमाथि करिब १५ करोड लागतमा ५ सय मिटर लामो मल्टी स्पान सस्पेन्सन झोलुंगे पुल निर्माण हुने भएको हो ।

आज उक्त पुल निर्माणका लागि आवश्यक सर्वे कार्य सफलतापूर्वक सम्पन्न भएको छ । पुलको सर्वेक्षण ललितपुर स्थित सस्पेन्सन पुल बिभागबाट इन्जिनियर कैलाश मोक्तानको नेतृत्वमा खटिएको प्राविधिक टोलीले हिजो सम्पन्न गरेको हो ।

यो पुल निर्माणसँगै स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार
ताजा समाचार