युवा महिलाको आर्थिक सशक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला

सदरलाइन संवाददाता १७ बैशाख २०८३, बिहीबार १९:१६
 
समाचार सारांश
Generated Using AI
  • बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा युवा उद्यमशीलता र सार्वजनिक–निजी साझेदारी विषयक कार्यशाला सम्पन्न गर्‍यो।
  • कार्यशालामा युवा महिला उद्यम सशक्तीकरण, हरित अर्थतन्त्र प्रवर्द्धन र स्थानीय तह–निजी क्षेत्रबीच समन्वय मजबुत बनाउने विषयमा छलफल भयो।
  • सहभागीहरूले यस्ता पहलले स्थानीय अर्थतन्त्र बलियो बनाउने र वैदेशिक पलायन घटाउन सहयोग गर्ने निष्कर्ष निकाले।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : प्लान इन्टरनेशनल नेपालसंंगको साझेदारीमा बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा ‘युवा उद्यमशीलताका लागि सार्वजनिक–निजी साझेदारी’ विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो ।

क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवद्र्धन गर्नु, स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो स्थानीय आर्थिक विकासलाई टेवा पु¥याउनु रहेको बताए ।

कार्यक्रममा प्राविधिक सल्लाहकार विनय दिल लामाले वर्तमान व्यवसायिक वातावरणका चुनौती, अवसर र व्यवहारिक समाधानबारे प्रस्तुति दिँदै बहुसरोकारवाला सहकार्यको आवश्यकता औँल्याए ।

परियोजना संयोजक राजु खड्काले परियोजनाको उद्देश्य, प्रगति तथा उपलब्धिबारे जानकारी गराउनुका साथै सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरेका थिए ।


कार्यशालाको समापन कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सहभागीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता रोजगारीमुखी पहलहरूले स्थानीय अर्थतन्त्र सुदृढ बनाउनुका साथै युवाहरूको वैदेशिक पलायन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले युवाकालागि सार्थक अवसर सिर्जना गर्न साझेदार संस्थाहरूले पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यहरु निरन्तर चलिरहनुपर्नेमा जोड दिए । सो कार्यशालालाई सहकार्य, प्रतिबद्धता र साझा दृष्टिकोणमार्फत सशक्त युवा तथा दिगो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको क्लबले जनाएको छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख थारुको अध्यक्षतामा सम्पन्न भएको सो कार्यशालामा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

निजी क्षेत्रबाट उद्योग वाणिज्य संघ तथा सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमले सार्वजनिक–निजी सहकार्यको महत्वलाई थप मजबुत बनाएको राजापुर नगरपालिकाले जनाएको छ । सो कार्यशालामा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, फिल्ड सुपरभाइजर सञ्जिता रिजालको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पा थवाङको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

१७ बैशाख २०८३, बिहीबार १९:१६
समाचार सारांश Generated Using AI बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा युवा उद्यमशीलता र सार्वजनिक–निजी साझेदारी विषयक कार्यशाला सम्पन्न गर्‍यो।कार्यशालामा युवा महिला उद्यम सशक्तीकरण, हरित अर्थतन्त्र प्रवर्द्धन र स्थानीय तह–निजी क्षेत्रबीच समन्वय मजबुत बनाउने विषयमा छलफल भयो।सहभागीहरूले यस्ता पहलले स्थानीय अर्थतन्त्र बलियो बनाउने र वैदेशिक पलायन घटाउन […]