प्रदेश युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा सदस्यद्वारा खेल संरचनाको स्थलगत अवलोकन

सदरलाइन संवाददाता ४ बैशाख २०८३, शुक्रबार १८:१८
 
समाचार सारांश
Generated Using AI
  • लुम्बिनीका खेलकुद मन्त्री सन्तोष पाण्डे र सांसद अम्बिका काफ्लेले नेपालगञ्जको खेलकुद संरचनाको निरीक्षण गरे।
  • पूर्वाधार सुधार, व्यवस्थापन र दीर्घकालीन विकासबारे छलफल गर्दै मन्त्रीले सहयोग गर्ने प्रतिबद्धता जनाए।
  • जनशक्ति अभावका कारण विकासमा समस्या रहेको बताउँदै सुधारको अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


नेपालगञ्ज : लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगञ्जस्थित भौतिक संरचनाको संयुक्त रूपमा निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको समितिका पुर्ब उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए ।

मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।


समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे । खेलकुद क्षेत्रले अझसम्म पनि गणतन्त्रको प्रत्याभूती गर्न नपाएको भन्दै उनले पर्याप्त मात्रामा जनशक्ति नहुँदा खेलकुदको भौतिक पुर्वाधार संरक्षण गर्न कठिनाई भएको दुखेसो पोखे ।

कार्यक्रममा प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, समितिका पुर्ब उपाध्यक्ष थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी ( सोनु ), जिल्ला खेलकुद बिकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, प्रशिक्षक कृष्ण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यस निरीक्षण तथा अनुगमनले प्रदेशस्तरमा खेलकुद पूर्वाधारको विकास, सुधार र प्रभावकारी सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु चार घाइते

४ बैशाख २०८३, शुक्रबार १८:१८
समाचार सारांश Generated Using AI लुम्बिनीका खेलकुद मन्त्री सन्तोष पाण्डे र सांसद अम्बिका काफ्लेले नेपालगञ्जको खेलकुद संरचनाको निरीक्षण गरे।पूर्वाधार सुधार, व्यवस्थापन र दीर्घकालीन विकासबारे छलफल गर्दै मन्त्रीले सहयोग गर्ने प्रतिबद्धता जनाए।जनशक्ति अभावका कारण विकासमा समस्या रहेको बताउँदै सुधारको अपेक्षा गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। बैतडी :  […]

सम्बन्धित