असार २७ मा कोहलपुर माइल दौड हुने

सदरलाइन संवाददाता ५ बैशाख २०८३, शनिबार १९:०३
 
समाचार सारांश
Generated Using AI
  • असार २७ (जुलाई ११) मा ‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुँदैछ।
  • १.६०९ किमीको छोटो रोड रेस भएकाले सबै उमेर समूहका लागि सहभागिता सहज हुने आयोजकले जनाएको छ।
  • यो दौड नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत रही विश्वभर एकैदिन हुने रनिङ अभियानसँग जोडिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : वन ग्लोबल माइल अन्तर्गत आगामी असार २७ गते तद अनुसार जुलाई ११ तारिखमा नेपालमा ‘कोहलपुर माइल’ हुने भएको छ ।

हरेक बर्ष जुलाई ११ मा हुने ‘वन ग्लोबल माइल’ विश्वभर रनिङ संस्कृति प्रवद्र्धन गर्ने महाअभियान हो । ‘एक माइल, एक दिन, एक विश्व’ भन्ने नारासहित यसबर्ष दर्जन बढी देशमा एकैपटक एक माइल (१.६०९किलोमिटर) दौड हुन लागेको हो ।

यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको रोड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ ।

रेस नेपालको आयोजनामा हुने यस दौडको व्यवस्थापन नेपालगञ्ज म्याराथन टिमले गर्ने बताईएको छ । अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुनेक्रममा वन ग्लोबल माइल बनेको हो ।


वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले आधिकारिक प्रवद्र्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवं रन बंग्लाका सिईओ जोन बोका र एम्स दुत एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए ।

कोहलपुर माइल पनि नेपालगञ्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगञ्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन लगायत दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।

वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आवद्धता अपरिहार्य रहेको एम्स दुत टीएस ठकुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नाईजेरियन टोलीलाई

५ बैशाख २०८३, शनिबार १९:०३
समाचार सारांश Generated Using AI असार २७ (जुलाई ११) मा ‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुँदैछ।१.६०९ किमीको छोटो रोड रेस भएकाले सबै उमेर समूहका लागि सहभागिता सहज हुने आयोजकले जनाएको छ।यो दौड नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत रही विश्वभर एकैदिन हुने रनिङ अभियानसँग जोडिएको छ। यो सारांश AI […]