पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’ उद्घाटन र भित्तेपात्रो विमोचन

सदरलाइन संवाददाता २६ चैत्र २०८२, बिहीबार १८:५१
 

नेपालगञ्ज  : नेपाल पत्रकार महासंघ बाँके शाखामा नवनिर्मित डुडुवा सभा हलको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले उद्घाटन गरेसंगै हस्तान्त्रण गरिएको छ ।

डुडुवा गाउपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको उद्घाटन गरेका हुन । शाखाको नेपालगञ्ज ४ सञ्चारग्राम (बसपार्क) स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो ।

डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगञ्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो ।

यसैगरी नवबर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना गरिएको सभा हल उद्घाटन एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उनले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताए । अध्यक्ष चौधरीले आफू मिडियासंग सहकार्य र समन्वय गरेर अघि बढिरहेको बताए ।


शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गरे ।

शाखा अध्यक्ष गिरीले महासंघको अगुवाईमा डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा चालू आर्थिक बर्षभित्रै सञ्चार नीति निर्माणका लागि काम अघि बढेको बताए । सभा हल निर्माणका लागि सहयोग गरेकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै गिरीले निरन्तर सहकार्यका लागि आग्रह समेत गरे ।

त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरी अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लले पनि शुभकामना ब्यक्त गरेको कार्यक्रममा शाखा उपाध्यक्ष एवम् भित्तेपात्रो प्रकाशन समितिका संयोजक तिलक गाउँलेले स्वागत तथा कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली र काँग्रेस नेता लेखक १३ दिनपछि थुनामुक्त

२६ चैत्र २०८२, बिहीबार १८:५१
नेपालगञ्ज : प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनपछी थुनामुक्त भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको जानकारी दिए ।अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित […]