समाचार सारांश
- प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबले ले बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका का १०० युवालाई ५ दिने उद्यमशीलता तालिम दिएको छ।
- तालिमले युवालाई व्यवसाय योजना, बजार विश्लेषण र स्वरोजगारका अवसरबारे सीप प्रदान गरेको छ।
- युवतीहरूको उच्च सहभागितासहित कार्यक्रमले स्थानीय स्तरमै आयआर्जन र आत्मनिर्भरता बढाउने लक्ष्य राखेको छ।

बर्दिया : प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके यूनेस्को क्लबले बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय जना किशोर– किशोरीलाई ५ दिने उद्यमशीलतामा तालिम दिईएको छ ।
रोजगारी अभाव र वैदेशिक पलायनको दबाब बढिरहेका बेला बर्दियामा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने प्रयास अनुरुप ‘सपना सजाइली, योजना बनाइली, पैसा कमाइली’ कार्यक्रममार्फत युवालाई उद्यमशीलता तालिम सञ्चालन गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपालको युथ ईम्पावरमेन्ट ट्रान्सफरमेशन ईनोभोशा कार्यक्रम अन्तरगत बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा सय जना किशोरी किशोर (वाईइटिआइ) थ्भ्त्क्ष् कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय स्तरमा अधिकांश युवा अनौपचारिक रोजगारी वा वैदेशिक श्रममा निर्भर भइरहेका बेला सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमै आयआर्जनका अवसर खोज्न प्रेरित गरेको तालिमा सहभागी बर्दिया मधुवनकी महिमा चौधरीले बताईन ।
पाँचदिने ‘युवा उद्यम विकास तालिम’मा सहभागी युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको आयोजक बाँके युनेस्को क्लवका अध्यक्ष परवेज अलि सिद्दिकीले बताए ।
तालिममा सहभागीहरूले बजार विश्लेषण, व्यवसाय योजना, लागत तथा मूल्य निर्धारणदेखि डिजिटल प्रचारप्रसार र कानुनी प्रक्रियासम्मका विषयमा ज्ञान हासिल गरेका छन् । साथै, व्यवहारिक अभ्यासमार्फत सुँगुर र बाख्रा पालनजस्ता व्यवसायिक सम्भावनामा पनि अभ्यास गराइएको थियो ।

विशेषगरी युवतीहरूको उच्च सहभागिताले महिलामा उद्यमशीलता विकासको सम्भावना देखाएको छ । १०० सहभागीमध्ये ९६ जना महिला हुनु उल्लेखनीय रहेको बाँके युनेस्को क्लवका निर्दैशक रबी तुलाधरले जानकारी दिए ।
बर्दियामा कम उत्पादनशील कृषि, ज्यालादारी श्रम र विप्रेषणमा निर्भर अर्थतन्त्रका कारण रोजगारीका अवसर सीमित छन् । यस्तो अवस्थामा उद्यमशीलता प्रवद्र्धनलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।
कार्यक्रमका वक्ताहरूले युवालाई विदेश जानुभन्दा स्वदेशमै अवसर सिर्जना गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार यस्ता तालिमले युवामा आत्मविश्वास बढाउने मात्र होइन, स्थानीय अर्थतन्त्र मजबुत बनाउन पनि सहयोग पुग्ने आयोजक बाँके युनेस्को क्लवका अध्यक्ष सिद्दिकीले बताए ।
पाँचदिन सम्म सञ्चालन भएको तलिममा प्रशिक्षक विनय दिल लामा, सुलभ ढकाल र नदिम शाह रहेको थिए । समापन कार्यक्रममा उपाध्यक्ष पञ्चम गुरुङ्ग, वित्त प्रमुख बेद पंगाली, राजु खड्कालगायतका सहभागिता रहेको थियो ।



