एमाले उम्मेदवार राई भन्छन : विकासको दृष्टिले बाँके २ मा तीन वर्ष खेर गयो

सदरलाइन संवाददाता १७ फाल्गुन २०८२, आईतवार १९:३९
 
समाचार सारांश
Generated Using AI
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं. २ मा पछिल्लो तीन वर्ष विकासमा पछि परेको आरोप लगाएका छन्।
  • उनले २०७९ को निर्वाचनपछि निर्वाचित सांसदले विकास, प्रतिनिधित्व र राजनीतिक जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना गरेका छन्।
  • नेपालगञ्ज वडा नं. १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा उनले अघिल्लो सांसदको कार्य समीक्षा मात्र नभई समग्र विकास मोडेल र शासन क्षमतामाथि पनि प्रश्न उठाएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेकपा एमालेबाट प्रतिनिधि सभामा बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले विकासको दृष्टिले बाँके २ मा तीन वर्ष खेर गएको आरोप लगाएका छन् ।

उनले २०७९ मा भएको निर्वाचनमा पठाएको जनप्रतिनिधिले बाँके क्षेत्र नं. २ मा विकास, प्रतिनिधित्व र राजनीतिक जिम्मेवारी बोध गर्न नसकेका कारण तीन वर्ष विकासमा पछि परेको आरोप लगाए ।

आज नेपालगञ्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले यो क्षेत्रबाट निर्वाचित अघिल्लो कार्यकालका संघीय सांसदले कुनै काम गर्न नसकेको आरोप लगाएका हुन ।

जनताको घरदैलोमा पुगेका उनले उठाएका यी प्रश्नहरूले केवल अघिल्लो सांसदको कामको समीक्षा मात्र होइन, समग्र विकास मोडेल र शासन क्षमतामाथि पनि प्रश्न खडा भएका छन् ।

विकास किन अड्कियो?


उम्मेदवार राईले भने–‘ यस क्षेत्रबाट चुनिएका व्यक्तिले सघीय सरकारसँग समन्वय अभाव भएका कारण विकासका कुनै योजना पर्न सकेनन, की उहाँले विकासको कुनै पहल गर्नु भएन ।

प्रतिनिधित्व बनाम परिणाम

निर्वाचित जनप्रतिनिधिको मूल्यांकन अब भाषण भन्दा परिणाममा केन्द्रित हुन थालेको छ । मतदाताहरूबीच “कति बजेट आयो?” भन्दा पनि “कति काम भयो ?” भन्ने प्रश्न प्रमुख बन्दै गएको छ । एमाले उम्मेदवार राईले अघिल्लो कार्यकाललाई निष्क्रिय देखाउँदै आफूलाई परिणाममुखी विकल्पका रूपमा प्रस्तुत गरे ।

आफ्नो दाबी कत्तिको बलियो?

राईले आफ्नै पहलमा जिल्लामा ल्याइएका विकासे योजनाहरूको सफलताको उदाहरण दिँदै आफू सक्षम नेतृत्व भएको दाबी गरेका छन् । तर ती योजनाहरूको प्रभाव, पहुँच र दिगोपन कति छ भन्ने प्रश्न अझै खुला छ ।

‘विकासको मूल्यांकन गर्दा केवल आयोजना ल्याउनु मात्र होइन, त्यसको गुणस्तर, समयमै सम्पन्नता र स्थानीय जीवनमा परेको प्रभाव पनि उत्तिकै महत्वपूर्ण हुन्छ’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयमा शुन्य फोहोर कार्यक्रम प्रभावकारी

१७ फाल्गुन २०८२, आईतवार १९:३९
समाचार सारांश Generated Using AI नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं. २ मा पछिल्लो तीन वर्ष विकासमा पछि परेको आरोप लगाएका छन्।उनले २०७९ को निर्वाचनपछि निर्वाचित सांसदले विकास, प्रतिनिधित्व र राजनीतिक जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना गरेका छन्।नेपालगञ्ज वडा नं. १ स्थित सुन्दर नगरमा आयोजित […]

ताजा अपडेट