२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

बाँके–२ मा एमालेका उम्मेदवार इस्तियाक राई बिजयी



नेपालगञ्ज : नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको पहिलो खाता खोलेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए ।

यसैगरी नेपाली काँग्रेसका सुधन्शु कोईरालाले १७ हजार ५ सय ९६ प्राप्त गरी तेस्रोमा सिमित भए ।

निर्वाचन परिणाम पछि उनले सबै मतदातालाई धन्यबाद सहित आभार व्यक्त गरेका छन । ल

राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए । आज बिहन ९ बजे जमुनाहबाट बिजयी जुलुस निकाल्ने तयारी भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
ताजा समाचार