नेपालगञ्जमा कक्षा ८ को समाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिएिको आशंका

मुनताराका सबै विद्यार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र भेटियो

सदरलाइन संवाददाता १६ चैत्र २०८२, सोमबार १५:३४
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा कक्षा ८ को पालिकास्तरीय परीक्षामा मुनतारा इङ्ग्लिस मिडियम स्कूलका २८ विद्यार्थीबाट उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको छ।
  • परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको हुन सक्ने आशंका गरिएको छ भने विद्यालयका प्रिन्सिपलले आरोप अस्वीकार गरेका छन्।
  • घटनाबारे उपमहानगरपालिकाले छानबिन सुरु गरी परीक्षा समितिमार्फत निर्णय गर्ने जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहनगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा सहभागी एक विद्यालयका परीक्षार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको छ ।

आदर्श मावि राँझाको परीक्षा केन्द्रबाट परीक्षा दिई रहेको मुनतारा ईग्लिस मिडियम स्कूल राँझाका सबै विद्यार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र परीक्षा दिईरहेको बेलामा परीक्षा हल भित्रै फेलापरेको हो ।

सो केन्द्रमा सामाजिक विषयको परीक्षा सञ्चालन भएको थियो । ८ वटा विद्यालयका २ सय ६० जना परीक्षार्थी सहभागी रहेकोमा मुनताराका २८ जना परीक्षार्थीबाट मात्रै उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश आचार्यले जनकारी दिए ।

उनले भने– ‘प्रश्न पत्र अनुसारको उत्तर सहितको प्रिन्टेड पश्न पत्र फोटोकपी मुनताराका परीक्षार्थीका साथबाट परीक्षा दिदै गरेको अवस्थामा भेटिएको छ । विद्यार्थीले काहाबाट यो ल्याएको भन्दा प्रिन्सिपल सरले दिनुभएको भन्ने जवाफ दिएको आएको छ ।’


प्रश्नपत्र सँग हुबहु मेलखाने उत्तर लेखिएको फोटोकपी भेटिनु पश्नपत्र परीक्षा अघि नै बाहिरीएको हुन सक्ने आंकलन गरिएको छ ।

सो विषयमा मुनताराका प्रिन्सिपल विवेक शर्मासँग बुझ्दा आफुले कुनै पनि फोटोकपी नदिएको दाबी गरे । उनले भने–‘ विद्यार्थी विद्यालय आएर विद्यालयकै बसमा परीक्षाकेन्द गएको तर, मैले वा विद्यालयले कुनै उत्तर लेखिएको फोटोकपी दिएका छैनौ ।’ परीक्षाकेन्द्रमा भने मुनताराका परीक्षार्थीका साथबाट फोटोकपी बरामद भएको छ ।

यस विषयमा नेपालगञ्ज उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापासंग बुझ्दा जानकारी प्रप्त भएको र परीक्षा समितिमा कुरा रखेर यसको निर्णय गरिने बताए ।

संस्थागत विद्यालयहरुले आफ्नो विद्यालयको नतिजा राम्रो ल्याउनको लागि यास्ता खालका हतकण्डा अपनाउने गरीएको आरोप पनि लाग्दै आएको छ ।

One thought on “नेपालगञ्जमा कक्षा ८ को समाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिएिको आशंका

  1. यस घटनामा विद्यालय प्रशासन वा प्रिन्सिपल सरको कुनै संलग्नता छैन। सत्य यो हो कि केही विद्यार्थीहरूले बाहिरको कुनै सामाजिक सञ्जाल समूह (Group) बाट पहिले नै बाहिरिएको प्रश्नपत्र र त्यसको उत्तर फेला पारेका रहेछन् र उनीहरू आफैँले व्यक्तिगत रूपमा प्रिन्ट गरेर ल्याएका हुन्। विद्यालयले सामूहिक रूपमा त्यस्तो कुनै सामग्री वितरण गरेको छैन। त्यसैले, व्यक्तिगत गल्तीलाई संस्थागत गल्ती भन्नु न्यायोचित हुँदैन

Leave a Reply to Ratna Yogi Cancel reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रहेका गर्गगोत्री आचार्य बन्धुमिलन तथा वंशाणु नामावली संकलन भेला सम्पन्न

१६ चैत्र २०८२, सोमबार १५:३४
समाचार सारांश Generated Using AI नेपालगञ्जमा कक्षा ८ को पालिकास्तरीय परीक्षामा मुनतारा इङ्ग्लिस मिडियम स्कूलका २८ विद्यार्थीबाट उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको छ।परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको हुन सक्ने आशंका गरिएको छ भने विद्यालयका प्रिन्सिपलले आरोप अस्वीकार गरेका छन्।घटनाबारे उपमहानगरपालिकाले छानबिन सुरु गरी परीक्षा समितिमार्फत निर्णय गर्ने जनाएको छ। यो […]