समाचार सारांश
- नेपालगञ्जमा कक्षा ८ को पालिकास्तरीय परीक्षामा मुनतारा इङ्ग्लिस मिडियम स्कूलका २८ विद्यार्थीबाट उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको छ।
- परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको हुन सक्ने आशंका गरिएको छ भने विद्यालयका प्रिन्सिपलले आरोप अस्वीकार गरेका छन्।
- घटनाबारे उपमहानगरपालिकाले छानबिन सुरु गरी परीक्षा समितिमार्फत निर्णय गर्ने जनाएको छ।

नेपालगञ्ज : नेपालगञ्ज उपमहनगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा सहभागी एक विद्यालयका परीक्षार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको छ ।
आदर्श मावि राँझाको परीक्षा केन्द्रबाट परीक्षा दिई रहेको मुनतारा ईग्लिस मिडियम स्कूल राँझाका सबै विद्यार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र परीक्षा दिईरहेको बेलामा परीक्षा हल भित्रै फेलापरेको हो ।

सो केन्द्रमा सामाजिक विषयको परीक्षा सञ्चालन भएको थियो । ८ वटा विद्यालयका २ सय ६० जना परीक्षार्थी सहभागी रहेकोमा मुनताराका २८ जना परीक्षार्थीबाट मात्रै उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश आचार्यले जनकारी दिए ।
उनले भने– ‘प्रश्न पत्र अनुसारको उत्तर सहितको प्रिन्टेड पश्न पत्र फोटोकपी मुनताराका परीक्षार्थीका साथबाट परीक्षा दिदै गरेको अवस्थामा भेटिएको छ । विद्यार्थीले काहाबाट यो ल्याएको भन्दा प्रिन्सिपल सरले दिनुभएको भन्ने जवाफ दिएको आएको छ ।’

प्रश्नपत्र सँग हुबहु मेलखाने उत्तर लेखिएको फोटोकपी भेटिनु पश्नपत्र परीक्षा अघि नै बाहिरीएको हुन सक्ने आंकलन गरिएको छ ।
सो विषयमा मुनताराका प्रिन्सिपल विवेक शर्मासँग बुझ्दा आफुले कुनै पनि फोटोकपी नदिएको दाबी गरे । उनले भने–‘ विद्यार्थी विद्यालय आएर विद्यालयकै बसमा परीक्षाकेन्द गएको तर, मैले वा विद्यालयले कुनै उत्तर लेखिएको फोटोकपी दिएका छैनौ ।’ परीक्षाकेन्द्रमा भने मुनताराका परीक्षार्थीका साथबाट फोटोकपी बरामद भएको छ ।

यस विषयमा नेपालगञ्ज उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापासंग बुझ्दा जानकारी प्रप्त भएको र परीक्षा समितिमा कुरा रखेर यसको निर्णय गरिने बताए ।
संस्थागत विद्यालयहरुले आफ्नो विद्यालयको नतिजा राम्रो ल्याउनको लागि यास्ता खालका हतकण्डा अपनाउने गरीएको आरोप पनि लाग्दै आएको छ ।



यस घटनामा विद्यालय प्रशासन वा प्रिन्सिपल सरको कुनै संलग्नता छैन। सत्य यो हो कि केही विद्यार्थीहरूले बाहिरको कुनै सामाजिक सञ्जाल समूह (Group) बाट पहिले नै बाहिरिएको प्रश्नपत्र र त्यसको उत्तर फेला पारेका रहेछन् र उनीहरू आफैँले व्यक्तिगत रूपमा प्रिन्ट गरेर ल्याएका हुन्। विद्यालयले सामूहिक रूपमा त्यस्तो कुनै सामग्री वितरण गरेको छैन। त्यसैले, व्यक्तिगत गल्तीलाई संस्थागत गल्ती भन्नु न्यायोचित हुँदैन