नेपालगञ्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना गरिदै

सदरलाइन संवाददाता १७ चैत्र २०८२, मंगलवार १९:४३
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा पर्यटन प्रवर्द्धन र स्थानीय परिकारको पहिचानका लागि स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना हुने भएको छ।
  • फेस्टिभल वैशाख ११ देखि १३ गतेसम्म सुर्खेतरोड क्षेत्रमा सञ्चालन गरिनेछ।
  • कार्यक्रमले स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जमा पर्यटन प्रवद्र्धन गर्न स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यले ‘नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना गरिने भएको छ ।

होटल व्यवसायी संघ बाँके, नेपालगञ्ज र होटल संघ नेपाल (हान) बाँकेको संयुक्त आयोजनामा हुन लागेको सो फेस्टिभल आगामी २०८३ साल वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिन सञ्चालन हुने होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कडेलले जानकारी दिए ।

सो फेस्टिभल नेपालगञ्जको सुर्खेतरोडमा सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्कसम्म आयोजना गरिने उनले पत्रकार सम्मेलन मार्फत बताए ।


कार्यक्रममार्फत नेपालगञ्जलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने तथा छिमेकी राष्ट्र भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनालले बताए ।

होटल व्यवसायी संघ बाँके, नेपालगञ्ज र होटल संघ नेपाल (हान) बाँकेले होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमार्फत स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । यी संस्थाहरूले व्यवसायीहरूको हक–अधिकारको संरक्षण, गुणस्तरीय सेवा प्रवाह, सामाजिक उत्तरदायित्व तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका विविध परिकार र पेय पदार्थका स्टलहरू रहने बताईएको छ । साथै, स्थानीय कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, लाइभ म्युजिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि समावेश गरिनेछ । यसले आगन्तुकहरूलाई मनोरञ्जनसँगै विविध स्वादको अनुभव प्रदान गर्ने विश्वास लिइएको छ ।

कार्यक्रमले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै नेपालगञ्जको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार फेस्टिभलले व्यापार व्यवसायलाई चलायमान बनाउँदै समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्न पत्राचार, प्रेस चैतारीद्वारा बिरोध

१७ चैत्र २०८२, मंगलवार १९:४३
समाचार सारांश Generated Using AI नेपालगञ्जमा पर्यटन प्रवर्द्धन र स्थानीय परिकारको पहिचानका लागि स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना हुने भएको छ।फेस्टिभल वैशाख ११ देखि १३ गतेसम्म सुर्खेतरोड क्षेत्रमा सञ्चालन गरिनेछ।कार्यक्रमले स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज […]