समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धुर्वबहादुर प्रधानलाई कांग्रेस र एमालेभित्रको असन्तुष्टि तथा रास्वपाप्रतिको आलोचनाका कारण फाइदा पुग्ने दाबी गरिएको छ ।
- २०७९ को निर्वाचनमा ३४ हजारभन्दा बढी मतसहित विजयी भएकाले उनको पक्षमा माहोल बलियो रहेको भनाइ छ।
- नेपाली कांग्रेसभित्र टिकट विवाद (भीमबहादुर थापा र देवेन्द्रराज कँडेल प्रकरण) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा उम्मेदवार परिवर्तनका कारण आन्तरिक असन्तुष्टि देखिएको छ, जसको प्रभाव मत विभाजनमा पर्न सक्ने आँकलन गरिएको छ।

परासी: आसन्न फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार धुर्वबहादुर प्रधान अब्बल रहेको दाबी उनका समर्थकहरूले गरेका छन। जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र देखिएको असन्तुष्टि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरानै दलबाट आएका व्यक्तिलाई टिकट दिएको भन्दै उठेको आलोचनाका बीच राप्रपा उम्मेदवारको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ।
यस क्षेत्रमा प्रभावशाली मानिएका कांग्रेस नेता देवेन्द्रराज कँडेल र एमाले नेता बैजनाथ चौधरीले टिकट नपाएपछि उनका समर्थक असन्तुष्ट रहेको र ती मतदाता राप्रपातर्फ आकर्षित हुन सक्ने आकलन गरिएको छ।
एमालेले जिल्ला र प्रदेशबाट चौधरीको नाम सिफारिस गरे पनि जिल्ला समन्वय प्रमुख भगवतीप्रसाद यादवलाई टिकट दिएको थियो।यादवले पारिवारिक कारण देखाउँदै पछि हटेपछि अन्तिम समयमा लेखनाथ खरेल उम्मेदवार बनेका हुन।
यता कांग्रेसभित्र पार्टी सभापति गगन थापा ले भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्रराज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएपछि आधिकारिक उम्मेदवारको भन्ने विषयमा अन्योल सिर्जना भएको थियो।पहिले उम्मेदवारी दर्ता गराएका थापालाईनै आधिकारिकता दिइएको थियो।कँडेललाई चुनावी अभियानको कमाण्डरको जिम्मेवारी दिइए पनि उनका समर्थक पूर्ण रूपमा सक्रिय नभएको बताइन्छ।

रास्वपाका उम्मेदवार नरेन्द्र गुप्ता पूर्व रामग्राम नगरप्रमुख हुन्। उनी २०७४ सालमा कांग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ मा पुनःटिकट पाए पनि पराजित भएका थिए।हालै कांग्रेसबाट टिकट सिफारिस भए पनि अन्ततः रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन्। कोरोना कालमा कुहिएको चामल वितरण प्रकरणले उनको छवि विवादित बनेको भन्दै रास्वपाकै केही कार्यकर्ता असन्तुष्ट रहेको चर्चा छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले अनुभवी नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ।माओवादीको जनाधार कम्जोर रहेको यस क्षेत्रमा उनका लागि निर्वाचन जित्न सहज छैन गत निर्वाचनको समानुपातिक नतिजा हेर्दा कम्जोर शक्ति रहेको बताउछ अहिले 17 वटा बढी पार्टी र समुहको एकता पछी बनेका नेकपाको प्रभाव पश्चिम नवपरासीमा भने देखिएको छैन पौडेल हेवीवट नेता कम्जोर उम्मेदवारको रुपमा उनकै पार्टीका नेताकार्यकर्ताले कुरा गर्ने गर्छन बाग्लुङ घर भएका पौडेल हाल सुनवल -११ जर्गाहालाई कर्मथलोको बनाएका छन।
परासी घर भएका प्रधान पुर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । कर्मठ कर्मचारीको रुपमा चिनिएका प्रधानलाई शालीन नेताको रुपमा यस क्षेत्रका जनताले चिन्दै आएका छन प्रधान दोश्रो पटक निर्वाचिन जित्ने मैदानमा उत्रिएका प्रधानको पक्षमा युवादेखि ज्येष्ठ नागरिकसम्म सक्रिय रूपमा प्रचारमा लागेको दाबी गरिएको छ।२०७९ सालको निर्वाचनमा उनले ३४ हजारभन्दा बढी मत प्राप्त गरी विजय हासिल गरेका थिए।यसपटक पनि बाजी मार्ने तयारीमा रहेको उनको भनाइ छ।
यस क्षेत्रमा राप्रपाका प्रधान, कांग्रेसका भीमबहादुर थापा, रास्वपाका नरेन्द्र गुप्ता, नेकपाका देवेन्द्र पौडेल, जनता समाजवादी पार्टीका देवेन्द्र यादव तथा जनमुक्ति पार्टीका गोविन्दप्रसाद चौधरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
गत निर्वाचनको समानुपातिक मत हेर्दा पनि राप्रपा अब्बल रहेको बताउछ राप्रपाले १८ हजार ३५, कांग्रेसले १५ हजार ६२५, रास्वपाले १० हजार ६७७, एमालेले १० हजार ६७१, जनता समाजवादी पार्टी(जसपा), नेपालले ६ हजार ४१७,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ हजार ३१६, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ९५० र जनमत पार्टीले ४ हजार ९६२ मत ल्याउँदा माओवादी केन्द्रले २ हजार ८ सय ४० मत पाएको थियो।


