२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

उद्योगी व्यवसायीहरूसँग होलीमा इश्तियाक राई : ‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’



नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आज उद्योगी–व्यवसायीहरूसँगै होली खेलेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको होली मिलन कार्यक्रममा सरिक भई राईले होलीको शुभकामना आदान–प्रदान गरेका थिए ।

होली खेल्दै उद्योगी व्यवसायीहरूले उम्मेदवार राईलाई जितको शुभकामना दिएका थिए । होली मिलन कार्यक्रममा बोल्दै राईले उद्योगी व्यवसायीहरूले एमालेको निर्वाचन अभियानमा देखाएको सक्रिताको सह्राना गरे । सबैको सक्रिय साथ–सहयोग र समर्थनले आफूलाई फागुन २१ गतेको निर्वाचनमा जित नजिक पु¥याएको राईको भनाई थियो ।

सो क्रममा राईले करिब १ महिना निर्वाचन प्रचार–प्रसार र जनताका समस्याहरू बुझ्न घरदैलोमा जाँदा मतदाताले दर्साएको भरोसालाई आफूले ठूलो जिम्मेवारीका रूपमा लिएको बताए । कसैसँग भेट वा सम्पर्क हुन नसके पनि आफ्नो मन–मुटुमा सधैं नै यहाँका मतदाताहरू रहेको जिकिर गर्दै उम्मेदवार राईले बाँके निर्वाचन क्षेत्र नं १ मा यो पटक इतिहास रचिने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्रसहित समग्र बाँकेलाई बलियो बनाउँदै यहाँका एजेन्डाहरूलाई काठमाडौंको सत्तासँग स्थापित गर्ने आफ्नो अठोट सुनाएका राईले पार्टीभन्दा बाहिरबाट पनि आफूले उल्लेख्य साथ पाएको र त्यो साथमा साथ निभाउन आफू पनि सक्रिय रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार
ताजा समाचार