समाचार सारांश
- गर्मी बढेसँगै सम्भावित आगलागी र तातो हावा (लु) जन्य विपदबाट जोगिन बाँकेका आठवटै स्थानीय तहले संयुक्त छलफल गरेका छन्।
- नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा भएको छलफलमा विपद व्यवस्थापनसम्बन्धी तयारी, उपकरण र कार्ययोजनाबारे पालिकाबीच जानकारी आदानप्रदान गरिएको छ।
- यसले आगलागी, तातोहावा, बाढी–डुबान र शीतलहर जस्ता विपदका बेला समन्वय गरेर काम गर्न सहज हुने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : गर्मी बढेसंगै हुन सक्ने आगलागी र ततोहवा जन्य विपदबाट जोगिन बाँकेका आठ वटै स्थानीय तहबाट गरिएको तयारी र विपद व्यबस्थापनका लागि गरेका कामहरुको बारेमा संयुक्त छलफल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बाँकेका आठवटै पालिकाबाट बातावरण तथा विपद शाखा प्रमुख र विपद फोकलपर्शन सहभागी रहेको सो संयुक्त छलफलमा विपदबाट जोगिन पालिकाले गरेको तयारीका बारेमा जानकारी आदान प्रदान गरी विपदको बेलामा काम गर्न सहज पार्ने उद्दश्य रहेको नेपालगञ्ज उपमहानगरपालिकाका विपद फोकलपर्शन दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले बाँकेका आठवटै पालिकामा विपद व्यवस्थापनको क्षेत्रमा भएको तयारीका बारेमा अन्तरपालिका छलफल आयोजना गरिएको र सो छलफलमा आगलागी तथा तातोहावा जन्य विपदबाट जोगिनको लागि भएका प्रयास र पालिकाले गरेको तयारीका बारेमा जानकारी गराएको बताए ।

बाँकेमा गर्मीयाममा आगलागिको चपेटमा पर्ने गरेको तातोहवा प्रकोपको रुपमा चल्ने गरेको साथै बाढी डुबान र शितलहर जन्य विपदबाट समेत प्रभावित हुने गरेकोमा पालिकाले के कस्तो तयारी गरेको छ भन्ने बारेमा छलफल केन्द्रीत रहेको नेपालगञ्ज उपमहानगरको विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनकारी दिए ।
उनले विपदमा प्रयोगमा आउने साधन तथा उपकरणको अवस्थाको जनकारी गराउन तथा पालिकाले आन्तरिक रुपमा गरेको तयारीका बारेमा अन्तरपालिका छलफल फलदायी भएको बताए ।
बाँकेका आठवटै पालिकामा गर्मीयाममा हुनसक्ने आगलागि र तातो हवा लु जन्य प्रकोपबाट जोगिन पालिकाले गरेको तयारीको अध्यावधिक गरी हुनसक्ने मानविय तथा भोतिक क्षेतिको न्युनिकरणका लागि यस्तो छलफल प्रभावकरि हुने र विपदको बेलामा काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।


