बाँकेमा निर्वाचनको तयारी सकियो

सदरलाइन संवाददाता २० फाल्गुन २०८२, बुधबार १९:३६
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। मतदान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको र सुरक्षाकर्मी तथा कर्मचारीहरू खटाइसकिएको जनाइएको छ।
  • जिल्लामा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्, जसमा १६ हजार ४३७ नयाँ मतदाता थपिएका छन्। मतदातामध्ये १ लाख ७८ हजार १३९ पुरुष, १ लाख ७२ हजार २२३ महिला र ९ अन्य छन्।
  • निर्वाचनका लागि १३९ मतदान स्थल र ४०० केन्द्रसहित सुरक्षा व्यवस्था कडा पारिएको छ, र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सबै निकाय परिचालन गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  फागुन २१ गते भोली सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी पुरा भएको छ । मादान स्थलमा खटिएका सुरक्षाकर्मी तथा मतदान अधिकृत सहायक मतदान अधिकृतलगायतका कर्मचारीहरुले मतदान केन्द्रको निर्माण समेतं अन्तिम चरणमा पुराएका छन् ।

३ निर्वाचन क्षेत्र रहेको बाँकेमा गत निर्वाचनमा तीन लाख ३३ हजार ९ सय ३४ मतदाता रहेकोमा यो निर्वाचनका लागि १६ हजार ४ सय ३७ नयाँ मतदाता थपिएका छन् ।

बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ रहेका मतदातामध्ये एक लाख ७८ हजार १३९ पुरुष, एक लाख ७२ हजार २२३ महिला र नौ जना अन्य मतदाताले भोली आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

फागुन २१ गते हुने निर्वाचनको लागि मतदान केन्द्र निर्माणको काम अन्तिम चरमा पुगेको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाताले १३९ मतदान स्थलमा ४०० मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्ने.छन ।

भोली बिहानदेखि सुरु हने मतदानका लागि मतदान केन्द्रको निर्माणको अन्तिम चरणमा पुगेको निर्वाचन अनुगमनका लागि खटिनु भएको सहायक प्रजिअ पूर्ण खत्रीले जनाकारी दिए ।


मतदान स्थल निर्माणको अन्तिम चरमा पुराई उच्च मनोबलका साथ तोकिएको जिम्मेवारी पुरो गर्ने गरी मतदाता पर्खेर बसेको मतदान अधिकृत डा गीता रेग्मीले बताईन ।

फागुन २१ गतेको निर्वाचनको लागि १३९ मतदान स्थल, ४०० केन्द्र ३ अस्थायी केन्द्र र २ हजार ९ सय ३० अस्थायी मतदाता रहेका छन । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नको लागि जिल्ला सुरक्षा समितिले समेत निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा प्रबन्ध मिलाई सम्बन्धित क्षेत्रमा खटाई सकियको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ६३.४६ प्रतिशत मत खस्यो

२० फाल्गुन २०८२, बुधबार १९:३६
समाचार सारांश Generated Using AI बाँकेमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। मतदान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको र सुरक्षाकर्मी तथा कर्मचारीहरू खटाइसकिएको जनाइएको छ।जिल्लामा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्, जसमा १६ हजार ४३७ नयाँ मतदाता थपिएका छन्। मतदातामध्ये १ लाख […]

ताजा अपडेट