समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले किशोर–किशोरीलाई स्वरोजगार बनाउन ३९० घण्टाको कुक तालिम सञ्चालन गरेको छ ।
- तालिममा २४ जना सहभागी रहेका छन् र उनीहरूले मम, बर्गर, इण्डियन फुड तथा नुडल बनाउन सिकिरहेका छन् ।
- यस कार्यक्रममार्फत सीप सिकेर युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य उपमहानगरको रहेको छ ।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरको सामाजिक गैसस तथा साझेदारी विकास शाखाले चालु आर्थिक वर्षमा नगरका किशोर किशोरीलाई स्वरोजगार बन्नको लागि अभिप्रेरित गर्दै आएको छ ।
पछिल्लो समयको माग अनुसारको ३९० घण्टाको कुक तालिम सञ्चालन गरेको छ । २४ जना किशोर किशोरी सहभागि रहेको सो तालिम स्वरोजगार मुलक रहेको सहभागिहरुको प्रतिक्रिया छ ।
नेपालगञ्ज–१ धम्बोझीका जयकृष्ण थारु नेपालगञ्ज उपमहानगरले सञ्चालनमा ल्याएको कुक तलिमको प्रशिक्षार्थी हुन । उनले सिप सिकेर आत्मनिर्भर हुनको लागि तालिममा सहभागी भएको बताए ।
तालिममा सहभागि नेपालगञ्ज– ५ की निर्मला शाहीले तालिम पुरा गरेपछि आफ्नै व्यवसाय सुरु गर्ने बताईन । उनले अहिलेसम्म मम, बर्गर, ईण्डियन फुड, नुडल पकाउन सिकेको बताईन ।
जयकृष्ण र निर्मला प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता युवाले सीप सिकेर रोजगारमा प्रत्यक्ष जोडिन पाउदा उनीहरुमा आत्मनिर्भर हुन सजिलो भएको प्रतिक्रिया दिनएका छन ।

नेपालगञ्ज उपमहानगरले स्कील ट्रेनिङ्ग एण्ड रिर्सच सेन्टर नेपालगञ्ज १२ बेलासपुरसंग सम्झौता गरि ३९० घण्टाको कुक तालिम सञ्चालन गर्दै आएको सस्थाका अध्यक्ष शिव रानाभाटले जनाकारी दिए । सो तालिमा विभिन्न समुदायको २४ जना किशोर किशोरी सहभागी रहेको बताए ।
नेपालगञ्ज उपमहानगरले नगरबासिलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न ट्रेडका तालिम सञ्चालनमा ल्याएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले जानकारी दिए । उनले कुक, तालिममा सिमान्तकृत तथा पछाडी पारीएका समुदायका युवा तथा गृहणी महिलालाई आत्मनिर्भर बनाउन आयोजना गरिएको कुरामा जोड दिए ।
नेपालगञ्ज उपमहानगरले नगरवासीलाई स्वरोजगार बनाउनको लागि बिभिन्न ट्रेडका तालिमहरु निशुल्क सञ्चालनमा ल्याई नगरवासीलाई आत्मर्निभर बनाउने प्रयास गरी रहेको छ ।



