समाचार सारांश
- माजोङ्ग नेपालगञ्ज क्यासिनोले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रवृत्ति, स्टेशनरी वितरण र वृद्धाश्रममा खाद्यान्न सहयोग गर्दै आएको छ।
- २०७९ देखि नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको क्यासिनोले हालसम्म रगत अभाव न्यूनीकरणमा योगदान पुर्याएको छ, जसअन्तर्गत पछिल्लो कार्यक्रममा ४७ जनाले रक्तदान गरे।
- आर्थिक रूपमा कमजोर विद्यार्थी र ज्येष्ठ नागरिकलाई लक्षित सहयोगसँगै कम्पनीले आगामी दिनमा यस्ता कार्यक्रम अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

नेपालगञ्ज : नेपालगञ्जमा माजोङ्ग होल्डिङ्सद्वारा सञ्चालनमा रहेको ‘माजोङ्ग नेपालगञ्ज क्यासिनो’ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
जस अन्तरगत रक्तदान, छात्रबृत्ति बितरण, जेष्ठ नागरिक आश्रय स्थलमा खद्यान्न लगायतको सहयोगहरु आफ्रनो सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्दै आएको छ ।
कम्पनीले विसं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समाजमा रगत अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ । आज भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।
त्यसैगरी, वि.सं. २०८० देखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ भित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई पूरै शैक्षिक सत्रभरी पुग्ने गरी स्टेशनरी वितरण गर्दै आएको छ । यस पहलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक सामग्री अभाव पूर्ति गर्न सहयोग पुगेको छ ।

कम्पनीले वि.सं. २०८१ देखि नेपालगञ्जस्थित नीलसागर वृद्धाश्रममा मासिक रूपमा खाद्यान्न सहयोग प्रदान गर्दै आएको छ, जसले त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहजता ल्याएको छ ।
यसका अतिरिक्त, इम्पेरियल इन्टरटेन्मेन्ट प्रालिले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली १०+२ उत्तीर्ण १० जना विद्यार्थीहरूलाई उच्च अध्ययनका लागि पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्ने योजना पनि सञ्चालनमा ल्याएको छ ।
कम्पनीका एचआर म्यानेजर अजित केसीका अनुसार, यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने तथा समाजप्रति उत्तरदायी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।



