नरैनापुरका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि २ दिने स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कन अभिमुखिकरण

सदरलाइन संवाददाता ४ चैत्र २०८२, बुधबार १८:५०
 
समाचार सारांश
Generated Using AI
  • नरैनापुर गाउँपालिकाले जनप्रतिनिधि र शाखा प्रमुखका लागि २ दिने स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ।
  • कार्यक्रमले सुशासन, पारदर्शिता कायम गर्दै योजनाहरू समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
  • अभिमुखीकरणबाट कर्मचारी र जनप्रतिनिधि आफ्नो जिम्मेवारी बुझी कामको स्वमूल्याङ्कन गर्न सक्षम हुने बताइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाले पालिकाको जनप्रतिनिधि तथा विभिन्न शाखा प्रमुखहरुका लागि २ दिने स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कन प्रणाली बारे अभिमुखिकरण आयोजना गरेको छ ।

यस कार्यक्रमबाट गाउपालिकाले सञ्चालन गरेका योजनामा पारदर्शिता र सुशासन कायम हुदै निर्धरित समयमै योजना सम्पन्न हुने विश्वास गरिएको छ ।

बाँकेको नरैनापुर गाउपालिकाले पालिकाको जनप्रतिनिधि तथा विभिन्न शाखा प्रमुखलाई लक्षित गरी २ दिने स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कन प्रणाली अनुशिक्षण सम्पन्न गरेको पालिकाका योजना शाखा प्रमुख भरत महतोले जनाकारी दिए ।

नरैनापुर गाउपालिकाका वडा नं ५ वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले यो अभिमुखिकरण स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कन गर्न सहज भएको बताए ।

उनले भने–‘ गतवर्ष पनि नरैनापुर गाउपालिका स्थानीय शासान कार्यसम्पादन मुल्याङ्कनमा पहिलो भएको थियो यसवर्ष पनि उत्कृष्ठ हुने कुरामा विश्वस्त छु ।’


नरैनापुर गाउपालिका वडानं ४ का वडा अध्यक्ष मनोज कुमार शर्माले यो अभिमुखिकरणबाट सुशासन र पारदर्शिता कायम गर्न पालिका सक्षम हुने विश्वार व्यक्त गरे ।

नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले स्थानीय शासन कार्यसम्पादन मुल्याङ्कन कार्यविधिको बारेमा जानकारी हुँदै अनलाईनमा समेत प्रविष्टी गर्ने तरिका विभिन्न विषयगत रुपमा सिकाईएको बताए ।

उनले भने–‘ यो अभिमुखिकरणले सबैलाई आ–आफनो जिम्मेवारी बोध गराएको छ । आ–आफनो शाखामा भएको कामको स्वमुल्याङ्कन गरी तोकिएको ढाँचाको कागजहरु प्रविष्टी गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु । ’

२ दिनसम्म सञ्चालन गरिएको सो अभिमुखिकरणमा विष्णु नेपाली, गंगाबहादुर शाही र सुमन धिमालले प्रशिक्षण दिएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष जयन्ती कुमारी श्रीबास्तावले गरेकी थिईन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’को समिक्षा, दिगोपनामा जोड

४ चैत्र २०८२, बुधबार १८:५०
समाचार सारांश Generated Using AI नरैनापुर गाउँपालिकाले जनप्रतिनिधि र शाखा प्रमुखका लागि २ दिने स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ।कार्यक्रमले सुशासन, पारदर्शिता कायम गर्दै योजनाहरू समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।अभिमुखीकरणबाट कर्मचारी र जनप्रतिनिधि आफ्नो जिम्मेवारी बुझी कामको स्वमूल्याङ्कन गर्न सक्षम हुने बताइएको छ। यो […]

ताजा अपडेट