बाँके क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार कोइरालालाई मतदाताको सुझाव

सदरलाइन संवाददाता १३ फाल्गुन २०८२, बुधबार १८:४६
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कांग्रेस का बाँके क्षेत्र नं. २ का उम्मेदवार सुधान्सु कोइरालाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ र ६ मा घरदैलो गरेका छन्।
  • स्थानीयले कोइरालालाई इमान्दारीपूर्वक काम गर्न र जनविश्वास कायम राख्न सुझाव दिएका छन् भने पार्टीभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
  • कोइरालाले भ्रष्टाचारविरुद्ध सधैं उभिने र मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ र ६ मा घरदैलो गरेका छन् ।

सो क्रममा मतदाताले नेपाली काँग्रेसले युवा र असल ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै पदीय भूमिकालाई सशक्त रुपमा निर्वाह गर्न कोइरालालाई सुझाए । स्थानीयको आशा र विश्वासलाई कायम राख्न अनुरोध गर्दै जनहित विपरीत कुनै पनि खराब काम नगर्न सुझाब समेत दिए ।


घरदैलोका क्रममा नेपाली कांग्रेसले युवा, सक्षम र जुझारु उम्मेदवारका रुपमा यस पटक कोइरालालाई उठाएको भन्दै क्षेत्र नम्बर २ का बासिन्दाले पार्टी भन्दा माथि उठेर साथ र सहयोग दिने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवार कोइरालाले आफूले भ्रष्टाचार कहिल्यै नगर्ने र भ्रष्टाचारका विरुद्ध आवाज उठाइराख्ने प्रतिवद्धता जनाए । आफूले बाँके क्षेत्र नम्बर २ का आम मतदाता, नेपाली कांंग्रेस पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताको शीर कहिल्यै निहुरिन नदिने अठोट गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति मेराज हल्वाई, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा र सुशिला नेपाली (वादी), पार्टीका महासमिति सदस्य तथा पूर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता हाजी मोहम्मद कादिर अन्सारी, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मन्जु शाह, नेता असफाक अन्सारी, युवा नेता लियाकत खान, मुस्लिम संघ नगर उपाध्यक्ष इसरार अन्सारी, फरुदुल हल्वाई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमिहिन र सुकुम्बासीको साथ एमालेका इश्तियाकलाई

१३ फाल्गुन २०८२, बुधबार १८:४६
समाचार सारांश Generated Using AI नेपाली कांग्रेस का बाँके क्षेत्र नं. २ का उम्मेदवार सुधान्सु कोइरालाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ र ६ मा घरदैलो गरेका छन्।स्थानीयले कोइरालालाई इमान्दारीपूर्वक काम गर्न र जनविश्वास कायम राख्न सुझाव दिएका छन् भने पार्टीभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।कोइरालाले भ्रष्टाचारविरुद्ध सधैं उभिने […]

ताजा अपडेट