समाचार सारांश
- प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाँकेमा बदर मत घटाउन मतदाता साक्षरता अभियान तीव्र बनाइएको छ।
- जिल्ला निर्वाचन कार्यालय बाँकेले ८ पालिकाका ८१ वडामा सहजकर्ता खटाएर घरदैलोमार्फत मतदान तरिका सिकाइरहेको छ।
- अघिल्लो निर्वाचनमा करिब ७% मत बदर भएकाले यसपटक सचेतना बढाएर बदर मत घटाउने लक्ष्य राखिएको छ।

नेपालगञ्ज : प्रतिनिधि सभा निर्वाचनको तिथी नजिकिदै गर्दा बाँकेमा बदर मत न्यूनिकरण गर्ने उद्देश्यले मतदाता साक्षरता अभियान तीब्र पारिएको छ ।
बाँकेका ८ पालिकाका ८१ वटा वडामा सहजकर्ता खटाएर मतदाता साक्षरता अभियान सञ्चालन गरिएको हो । अघिल्लो निर्वाचनमा बाँकेमा ७ प्रतिशत मत बदर भएको भएको थियो ।

जिल्ला निर्बाचन कार्यालय बाँकेले बाँकेका ८ पालिकाका ८१ वटा वडामा सहजकर्ता खटाएर मतदाता साक्षरता अभियान सञ्चालन गरिएको जानकारी जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले दिए ।
उनले प्रत्येक वडा तहमा खटिएका सहजकर्ताले मतदाताको घरघरमा पुगेर आफ्नो मत जाहेर गर्ने तरिका, मत जाहेर गरिसके पछि मतपत्र पटाउने तरिका, मतपत्रमा मतदान अधिकृतको दस्तखत भए नभएको हेर्ने लगायतको कुरा सिकाउने बताए ।
बाँकेमा अघिल्लो निर्वाचनको तथ्याङ्क अनुसार सरदर ७ प्रतिशत मत बदर भएको थियो । आसन्न निर्वाचनमा बदरमतले निर्वाचनको नतिजा समेतमा असर पर्ने भएको दलहरुले समेत मतदाता साक्षरता अभियान सञ्चालन गरेका छन । मतदाता साक्षरता आयिानले बदरमतको सख्या घट्ने अपेक्षा गरिएको छ ।


