समाचार सारांश
- नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगञ्ज र डुडुवाका विभिन्न टोलमा घरदैलो गर्दै मत मागे।
- उनले विभिन्न स्थानका मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या र अपेक्षा बुझेका छन्।
- मतदाताको सुझाव अनुसार विकासका लागि विशेष कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालगञ्ज : चुनावी अभियानका क्रममा नेकपा एमालेको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले शुक्रबार नेपालगञ्ज र डुडुवाका विभिन्न टोलमा मतदातको घरदैलोमा पुगेर मतमागेका छन् ।
यसक्रममा नेपालगञ्ज–१८ लगदहवा, कृष्णानगर र ट्रावेल भिलेजटोल तथा डुडुवा–३ को बाबपुर्वा, तेवारीपुर्वा, शिवलालपुर्वा, रम्पुर्वा, कटहिया, लोधपुर्वा, राजारामपुर्वा, बनकट्टी, हलबलडोलीको उचवामा मतदाताहरूको बीचमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।

यसैगरी शुक्रबारनै एमाले उम्मेदवार राईले डुडुवा–४ को शाहपुर्वा, गडरियनपुर्वा, नियामतपुर्वा, उचेमसहा, खालेमसहा, लालापुर्वा र नेपालगञ्ज–२२ किघरियनपुर्वामा मतदाताहरूको बीचमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
सो अवसरमा मतदाताहरुले आफ्नो ठाँउको विकासका लागि आग्रह गरेको थिए । मतदाताहरुको सुझाव र आपेक्षा बुुझेपछि उम्मेदवार रईले आफुले नेपालगञ्ज र डुडुवाको विकासको लागि विषेश कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।



