समाचार सारांश
- नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइरालाले बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगञ्ज–१८ भुजइँगाउँमा घरदैलो कार्यक्रम गरेका छन्।
- घरदैलोमा मतदाताहरू उत्साहित देखिएका थिए भने कोइरालाले नागरिकका समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
- बदलिएको काँग्रेसले देश परिवर्तन गर्ने अठोटसहित सहयोगको अपिल गरेका छन्।

नेपालगञ्ज : नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले शुक्रबार नेपालगञ्ज–१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।
वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीशप्रसाद कुर्मीले जानकारी दिए । उम्मेदवार कोइरालाप्रति मतदाताहरु उत्साहित देखिएको घरदैलोमा सहभागि तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।
राजनीतिक विरासत बोकेका युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरु उत्साहित देखिन्थे । कोइराला ४४ वर्षका युवा हुन् । उनी काँग्रेस बाँकेका सचिव पनि हुन् ।

जेनजी आन्दोलनपछि काँग्रेस बदलिएको र बदलिएको काँग्रेसले देश बदल्ने अठोट सहित आफु नागरिकको घरदैलोमा आएको भन्दै कोइरालाले सहयोगको आग्रह गरे ।
उम्मेदवार कोइरालाले घरदैलोमा नागरिकका समस्याहरु सुन्ने र समाधानका निमित्त भूमिका खेल्ने विश्वास दिलाए ।


