समाचार सारांश
- नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले मंगलबार बाँके क्षेत्र नं. २ का विभिन्न वडामा घरदैलो र कोणसभा गरेका छन्।
- नेपालगञ्ज उपमहानगरपालिकाका वडा १८, १४ र १३ का विभिन्न स्थानमा पुगेर उनले मतदातासँग भेटघाट गर्दै मत मागेका छन्।
- राईले प्रतिबद्धता मात्र नभई देखिने नतिजासहित काम गर्ने भन्दै आफ्नो अघिल्लो कार्यकालबाट मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

नेपालगञ्ज : नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले मंगलबार चुनावी अभियानका क्रममा निर्बाचन क्षेत्र अन्तरगत विभिन्न वडाहरुमा घरदैलो र कोण सभा सम्पन्न गरेका छन् ।
यसैक्रममा मंगलबार विहान वडा नं १८को भुजईगाउमा घरदैलो गरी मतदाताको अपेक्षा बुझेका छन । एमाले युवा नेता चिन्टु बर्मालगायतको साथमा उनले घरदैलो गरेका हुन ।


उनले आजै विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज, वडा नं १३ को लोनियनपुर्वामा पनि मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्दै सो क्षेत्रको विकासको लागि प्रतिबद्धता जनाएका छन् ।
घरदैलोमा एमाले अगुवा नेता तथा कार्यकर्ताका साथमा पुगेका उनले आफनो निर्बाचन क्षेत्रको मात्र नभई समग्र बाँकेको विकासमा आफ्नो पूर्ण सहभागिता रहने प्रतिबद्धता जनाए ।
उनले भने–‘ म खाली प्रतिबद्धता मात्र जनादिन नतिजा देखिने गरी काम गर्न रुचाउछु । मैले काम गर्ने नगर्ने मेरो अघिल्ला कार्यकाल हेरेर मुल्याङ्कन गर्न आम मतदातालाई अनुरोध गर्छु ।’


