समाचार सारांश
- नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्तीनदिका कारण हुने डुवान र कटान नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
- डुडुवा–२ बेतहनीमा आयोजित भेलामा उनले खेतीयोग्य जमिन जोगाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
- राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उनले आफु त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गरे ।

नेपालगञ्ज : नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्तीनदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा राखेको बताएका छन् ।
डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आयोजित नेपाली कांग्रेस वडास्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् ।
राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उनले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाए । यूवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफु जानकार मात्र नभई सम्वेदनशिल र जिम्मेवार रहने समेत दाबी गरे ।
राजनीतिमा संस्कार र इमानदारिता पनि जुरुरी रहेको बताउँदै उनले आफु त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गरे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफु समर्पित रहने उनको जीकीर थियो ।

उनले भने–‘यहाँहरुले विश्वास गरेर मलाई जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’ अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुटने र फुटने भइरहेको प्रसंग कोट्याउँदै उनले भने –नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफु जित्नेमा विश्वस्त छु ।
नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै यूवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आहवान गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गरे । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र चौधरीले पुरानो र भरपर्दो पार्टी काँगे्रस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस वडा न २ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क सभापति ज्ञानेन्द्र चौधरीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँगे्रस बाँकेका पुर्व सभापति किरण कोइराला लगायतको ठुलो उपस्थिती रहेको थियो । यसैबीच उनले आजै नेपालगञ्जमा बादी समुदायसंग भेट गरी उनीहरुको समस्या बुझेका छन् ।


