नेपाली काँग्रसका सभापति थापा नेपालगञ्ज आउदै, १४ गते बाँकेको जानकीमा वृहत आमसभा

सदरलाइन संवाददाता ११ फाल्गुन २०८२, सोमबार १९:०४
 
समाचार सारांश
Generated Using AI
  • गगनकुमार थापा फागुन १४ गते चुनावी सभाका लागि नेपालगञ्ज आउने भएका छन्।
  • उनले नेपाली काँग्रेसद्वारा जानकी गाउँपालिकामा आयोजना हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
  • होटल पौवा नजिक आयोजना हुने र यसमा केन्द्रीय नेतासहित स्थानीय उम्मेदवार तथा कार्यकर्ताको सहभागिता रहनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपाली काँग्रेसका सभापति गगनकुमार थापा चुनावी सभाका लागि फागुन १४ गते नेपालगञ्ज आउदै छन् ।

सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।


बाँकेको जानकी गाउँपालिका वडानं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्पmको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।

वृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारलगायत पार्टीका अन्य जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस उम्मदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक

११ फाल्गुन २०८२, सोमबार १९:०४
समाचार सारांश Generated Using AI गगनकुमार थापा फागुन १४ गते चुनावी सभाका लागि नेपालगञ्ज आउने भएका छन्।उनले नेपाली काँग्रेसद्वारा जानकी गाउँपालिकामा आयोजना हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।होटल पौवा नजिक आयोजना हुने र यसमा केन्द्रीय नेतासहित स्थानीय उम्मेदवार तथा कार्यकर्ताको सहभागिता रहनेछ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। […]

ताजा अपडेट