समाचार सारांश
- बाँके क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगञ्जका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरेका छन्।
- उनले ज्ञानपुर्वा, पोतेदारपुर, माइगाउँलगायत बस्तीमा पुगेर भ्रष्टाचारविरुद्ध आवाज उठाउने र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
- सुकुम्बासी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र बाढी व्यवस्थापनका मुद्दामा सुधार गर्ने आश्वासन दिँदै उनले मतदातासँग समर्थन मागेका छन्।

नेपालगञ्ज : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मंगलबार नेपालगञ्जका विभिन्न वडामा घरदैलो अभियान सचालन गरेका छन् ।
उनको प्रचार सचिवालयद्वारा दिईएको जानकारी अनुसार उनी मंगलबार नेपालगञ्जको ज्ञानपुर्वा, पोतेपुर्वा (पोतेदारपुर), माइगाउँ, थपुवा, नेपालगञ्ज २० र ४ का बस्तीहरूमा पुगेर उनले प्रत्यक्ष रूपमा स्थानीय बासिन्दासँग संवाद गरेका हुन ।

‘भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर म सधैं जनताको पक्षमा आवाज उठाउने छु । गाउँ समाजसँग जोडिएका सबै समस्या समाधान गर्न मेरो प्रतिबद्धता अडिग छ’– उनले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै भने । सो क्रममा स्थानीय मतदाताले उम्मेदवार बिष्टलाई सहयोग गर्ने बाचा पनि व्यक्त गरे ।
उम्मेदवार बिष्टले घर–घरमा पुगेर सर्वसाधारणका सुझाव सुन्नुका साथै सुकुम्बासी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र बाढी व्यवस्थापन जस्ता क्षेत्रका मुद्दाहरूमा तत्काल सुधारका उपायहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।दुरसंचारडटकम अनलाईनबाट


