सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार १९:१५
 

 

नेपालगञ्ज  :  नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाँकेले नेपालीहरुको महान पर्ब दशै, तिहारसँगै छठ पर्व र मोहमद डे लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान पर्व विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।


अध्यक्ष बुद्धिराज बर्तौलाका अनुसार संघको आयोजनामा मंगलबार नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो । ‘कोरोना महामारीका कारण सबैतिर त्रास फैलदो अवस्थामा नेपालीहरुको पर्व पनि आएका छन् ’ अध्यक्ष बर्तौला भन्छन्,–‘यही संकटको समयमा हामी एक आपसमा शुभकामना आदान प्रदान गरी दुःख भुलाउने प्रयास गर्ने छौं । एक अर्कामा हौसला थप्ने प्रयास गर्ने छौं ।’

अध्यक्ष बर्तौलाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । नेपालगञ्जको सुर्खेतरोडको स्वस्तिक कटेजमा कार्तिक २५ गते दिनको १२ बजेबाट शुभकामना आदान प्रदान कार्यक्रम सुरु हुनेछ ।

 

Next Post

कोहलपुरमा फनपार्क सञ्चालनमा ल्याईयो

२४ कार्तिक २०७७, सोमबार १९:१५
कोहलपुर (बाँके) : बाँके कोहलपुरमा आर्कषक फनपार्क सन्चालनमा आएको छ । ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क आजदेखि संचालनमा आएको हो । कोहलपुर नगरपालिका–१४ हवलदारपुर निर्माण गरीएको फनपार्क कोरोना भाइरस संत्रासकै बिच स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर संचालनमा ल्याईएको ह्याप्पी वर्ल्ड फनपार्कका प्रवन्ध निर्देशक विजय भण्डारी (बासु)ले जानकारी […]

सम्बन्धित