घरदैलौमा उत्साहित देखिएका नेकपा उम्मेदवार विष्ट

सदरलाइन संवाददाता १६ फाल्गुन २०८२, शनिबार १८:१५
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगञ्ज–१० सोफिया टोलमा घरदैलो गर्दै मतदातासँग विश्वास कायम राख्न भावुक अपिल गरेका छन्।
  • उनले विकास, सुशासन र स्थानीय प्राथमिकताबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्।
  • कार्यक्रमपछि उनी डुडुवा–६ मा पनि घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

नेपालगञ्ज : नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले भावुक अपिलगर्दै मतदातासँग विश्वास कायम राख्न आग्रह गरेका छन् ।

उनले शनिबार नेपालगञ्ज–१० सोफिया टोलमा घरदैलोमा पुगेका बोलामा भने–‘मत परिवर्तन नगर्नु होला, म तपाइँहरूको साथमै छु । परिवर्तनको एजेन्डा मेरै हो ।’


उनले सोफिया टोलमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै बिष्टले आफ्नो विकास दृष्टिकोण, सुशासनको प्रतिबद्धता र स्थानीय प्राथमिकता बारे धारणा राखे ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) सहितका नेता–कार्यकर्ताको उपस्थिति थियो ।

नेपालगञ्ज–१० को कार्यक्रम लगत्तै बिष्ट डुडुवा–६ सुब्बाकुरुवातर्फ घरदैलो अभियानमा निस्किएका थिए । त्यहाँ पनि टोल–टोलमापुगेर उनले मतदातासँग भलाकुसारी गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग्य उम्मेदवार छान्ने मौका नगुमाउ : कोईराला

१६ फाल्गुन २०८२, शनिबार १८:१५
समाचार सारांश Generated Using AI नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगञ्ज–१० सोफिया टोलमा घरदैलो गर्दै मतदातासँग विश्वास कायम राख्न भावुक अपिल गरेका छन्।उनले विकास, सुशासन र स्थानीय प्राथमिकताबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्।कार्यक्रमपछि उनी डुडुवा–६ मा पनि घरदैलो गर्दै मतदातासँग […]