समाचार सारांश
- गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको कार्यक्रममा सरोकारवालाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउनुपर्नेमा जोड दिएका छन्।
- आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले ४८ गुनासो समाधान भइसकेको र सबैलाई आचारसंहिता पालना गर्न आग्रह गरेका छन्।
- सहभागीहरूले मतदाता सचेतना बढाउन र सामाजिक सञ्जालको दुरुपयोग रोक्दै शान्ति र सद्भाव कायम गर्नुपर्ने बताएका छन्।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्ने कुरामा सरोकारवालाले जोड दिएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगञ्जमा सम्पन्न अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
सुशासन भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया, जेन्जी तथा यूवाको सहभागिता बिषयक अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत पुर्णबहादुर खत्रीले निर्वाचन आचारसंहिताको पुर्ण पालनका लागि प्रतिबद्ध रहेको बताए ।
आचारसंहिता पालनाको विषयमा हालसम्म बाँकेमा ४८ वटा गुनासो प्राप्त भएको र सबै गुनासोको सम्बन्धमा सम्बन्धित निकाय तथा ब्यक्तिलाई जानकारी तथा निर्देशन दिएर फच्र्याैट भएसकेको बताउदै खत्रीले आचारसंहिताको पूर्ण पालना गर्न सबैलाइ आग्रह गरेका थिए ।
सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले विगतको निर्वाचनबाट भएको सिकाइको आधारमा निर्वाचन केन्द्रलाई अपाँगतामैत्री र सबैको पहुँचयोग्य बनाउनका लागि सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको बताउदै गुनासोरहित निर्वाचन सम्पन्न गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बाँके जिल्लाका प्रहरी नायब उपरिक्षक दिपक पातलीले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन र आचारसंहिताको पालना गराउने कार्यमा कटिबद्ध भएर लागेको बताए ।
उनले सुरक्षा निकायको तर्फबाट आम नागरिकलाइ शान्तिको प्रत्याभुति गर्न र निर्धक्कका साथ निर्वाचन प्रक्रियामा भाग लिने वातावरण बनाउने कार्यमा गम्भिरताका साथ लागिपरेको बताउदै निर्वाचनलाइ मर्यादित र भयरहित बनाउन सबै ब्यक्ति स्वयं सचेत हुनुपर्ने उन्को भनाइ थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले वर्तमान अवस्थामा सुशासनर भ्रष्टाचार नियन्त्रण,निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका सन्दर्भसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका कार्यबाहक अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नियोक बाँके शाखाका पुर्व अध्यक्ष अधिबक्ता लोकबहादुर शाहले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको बताउदै आम मतदातालाइ मतदानमा सहभागि गराउने कार्यमा नागरिक समाजको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रमका सहभागिहरुले आम मतदातालाइ निर्वाचनको विषयमा जागरुक बनाउनु आवश्यक रहेको बताएका थिए । सहभागिहरुले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक द्वन्द्व र अशान्ति फैलाउने गतिविधि बढेको उल्लेख गर्दैसामाजिक सद्भाव र शान्तिकायम गर्नसबै पक्षले संयमता अपनाउनुपर्ने बताएका थिए ।


